‘हाम्रो फूटबल नेपाल’ विधिवत दर्ता, नयाँ कार्यसमिति गठन

तुलसी गिरी ‘भावुक’


हाम्रो फूटबल नेपाल नामक संस्था मार्फत लामो समयदेखि फूटबल खेलमा सक्रीय रहँदै आएका युवाहरुको एक भेलाले नयाँ कार्यसमितिको चयन गरेको छ भने समिति गठन लगत्तै संस्था जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा विधिवत रुपमा दर्ता समेत भएको छ l

प्राप्त जानकारी अनुसार कृष्ण गुरुङको अध्यक्षतामा गठित सो कार्यसमितिको महासचिवमा कुमार गुरुङ, मानार्थ महासचिवमा पवन खत्री, वरिष्ठ उपाध्यक्षमा सुरेश के. सी., उपाध्यक्षमा डीबी आले, मानार्थ उपाध्यक्षमा गोपाल श्रेष्ठ, कोषाध्यक्षमा विनोद लिम्बू, सचिवमा नरेश लिम्बू, सह-सचिवमा आशिष लामिछाने र सह-कोषाध्यक्षमा उत्तम लामा चुनिएका छन् l

यसैगरी आमन्त्रित उपाध्यक्ष तथा वरिष्ठ केन्द्रीय सदस्यमा हिरा खाँड तथा वरिष्ठ सल्लाहकार एवं केन्द्रीय सदस्यमा आनन्द बतास र दिनेश गोयललाई चुनिएको छ l  अन्य केन्द्रीय सदस्यमा निरण राई, निरज श्रेष्ठ, कुशल गुरुङ, मिलन गुरुङ, पवन खत्री, गोपाल श्रेष्ठ, अम्बीर गुरुङ, खिम थापा, हितराज लिम्बू रोजित बस्नेत, सुदिप दाहाल, ईश्वर डोटेल र विजय बुढा छनोट भएका छन् l

संस्थाले सल्लाहकारमा मनिल लामा, आन्तरिक व्यवस्थापन प्रमुखमा जितेन्द्र चौधरी र प्रेस सल्लाहकारमा तुलसी गिरी ‘भावुक’ को समेत चयन गरेको छ l  

स्वास्थ्यका लागि फूटबल भन्ने नाराका साथ भिजिट नेपाल २०२० लाई देशव्यापी रुपमा फूटबलमय बनाउने योजना सहितको तयारी भईरहेको बेला कोभिड १९ का कारण सो पूरा गर्न नसकिएको जानकारी गराउँदै संस्थाका अध्यक्ष कृष्ण गुरुङ भन्छन् –’जिल्ला कमिटीहरु समेत गठन गरी संस्थालाई देशव्यापी रुपमा बिस्तार गर्ने, विशेषगरी पहाडी इलाकाका विद्यालयहरुमा फूटबल खेलको पूर्वाधार तयार गर्ने, राष्ट्रिय – अन्तर्राष्ट्रिय खेलका लागि खेलाडी उत्पादन गर्ने र आवश्यकता अनुसार विभिन्न क्लबहरुलाई खेलाडी उपलब्ध गराउने हाम्रो फूटबल नेपाल को उद्देश्य रहेको छ l’ संस्थाले खेलप्रेमी र खेलाडीबीच पुलको काम गर्ने कुरा संस्थाका वरिष्ठ उपाध्यक्ष सुरेश के. सी. ले जानकारी गराएका छन् l