जहाज दुर्घटनाको कारण यकिन गर्न परिवर्तन नेपालको आग्रह  


‘परिवर्तन नेपाल’ ले प्रेस विज्ञप्ति प्रकाशित गरी आज बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति गहिरो दु:ख व्यक्त गरेको छ l संस्थाका केन्द्रीय अध्यक्ष मोहन निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- ‘मिति २०७९ साल माघ १ गते आईतबार विहान १०:३० बजे काठमाडौंदेखि पोखराका लागि २५ महिला, ३७ पुरुष, ३ बालक र ३ शिशु सहित ६८ जना यात्रु र चालक दलका ४ जना सदस्य सहित ७२ जना बोकेर उडेको यति एयरलाइन्सको ९ एन-एएनसी विमान गन्तव्यमा नपुग्दै दुर्घटनामा परेको खबरले परिवर्तन नेपाल परिवार स्तव्ध भएका छौं । आजको यस घटनाले नेपाली आकाश सुरक्षित छैन भन्ने आरोप फेरि एक पटक पुष्टि हुन पुगेको छ । दुर्घटनामा परी ज्यान गुमाउन पुगेका मृतकका परिवारहरुलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था मिलाउँदै दुर्घटनाको कारण यकिन गरी यस्ता घटना आगामी दिनमा दोहोरिन नदिनका लागि तत्काल ठोस कदम चाल्न नेपाल सरकार तथा सम्बन्धित निकायको ध्यान आकर्षण गराउन चाहन्छौं ।

यस दुर्घटनामा जीवन गुमाउने विमानमा सवार ५३ नेपाली, ५ भारतीय, ४ रसियन, २ कोरियन, १ अर्जेन्टिनी, १ अष्ट्रेलियन, १ आईरिसर र १ फ्रान्सेली सहित ४ जना चालक दलका सदस्यहरुप्रति परिवर्तन नेपाल परिवार श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ।