शैक्षिक क्षेत्रमा काम गर्दै आएको आईसीसीसी सामाजिक काममा पनि सक्रीय

नयाँ वर्षको अवसरमा इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र आईसीसीसीले आयोजना गरेको सो रक्तदान कार्यक्रममा ७५ जनाभन्दा बढी रक्तदाताहरुले रक्तदान गरेका छन् । नेपाल मेडिकल कलेज (एनएमसी) ब्लड बैंकसँगको सहकार्यमा विहान १० बजेदेखि सुरु भएको रक्तदान कार्यक्रम दिउँसो १ बजेसम्म चलेको थियो ।

आईसीसीसीले शिक्षा क्षेत्रमा गरेको महत्वपूर्ण योगदानसँगै सामाजिक काममा पनि लाग्ने उद्देश्य अनुरुप रक्तदान कार्यक्रमको आयोजना गरेको आईसीसीसीका निर्देशक राम खड्काले बताए । खड्काले आईसीसीसी जिम्मेवार भएर शिक्षाको क्षेत्रमा काम गरिरहँदा अब भोलिका दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिने बताए ।

त्यस्तै आईसीसीसीका म्यानेजर अमित श्रेष्ठले नेपाली विद्यार्थीहरुलाई अध्ययनका लागि क्यानडा पठाउने संस्थाको रुपमा परिचित आईसीसीसीले आफूलाई समाजमा अन्तरघुलित गराउन रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । ‘यो नयाँ वर्षको सुरुवात हामीले सामाजिक कार्य गरेर गरेका छौं । आईसीसीसीले आफ्नो सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्छ भन्ने हिसावले हामीले रक्तदान कार्यक्रमको आयोजनजा गरेका हौं l हामी मात्र होइन सम्पूर्ण नेपालीहरु यो र यस्तै सामाजिक कार्यमा लाग्नुपर्छ भन्ने हामीलाई लागेको छ । हेर्दा सामान्य जस्तो देखिए पनि यो रगतले कसैको जीवन जोगाउँछ । हामीले रगतदान मात्र गरेका छैनौं, कसैलाई जीवन दान पनि दिएका छौं । आईसीसीसीले सबै दाताहरूका लागि सुरक्षित र स्वच्छ वातावरण उपलब्ध गराएर उदाहारण प्रस्तुत गरेको छ’ श्रेष्ठले भने ।

यस नयाँ वर्षमा सबै कुरा बिर्सिएर मानवतालाई नजिक ल्याउने उद्देश्यका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको आइसीसीसीले जनाएको छ । आईसीसीसीले नेपालबाट अध्ययनका लागि क्यानडा जान चाहने विद्यार्थीलाई सहि परामर्श दिनुका साथै क्यानडामा भएका विद्यार्थीलाई सहजिकरण गरिदिने गरेको छ । आईसीसीसीमा शैक्षिक परामर्शसँगै भिसाको पूर्व तयारी कक्षा, डकुमेन्टेशन र भिसा एप्लाई लगायतका काम हुँदै आएका छन् । साथै, आईसीसीसी नेपालकै सबैभन्दा भरपर्दौ शैक्षिक कन्सल्टेन्सीको रुपमा स्थापित छ । आईसीसीसीले चावहिलसहित काठमाडौंको कमलादी, काठमाडौंको पुतलीसडक, पोखरा, बुटवल, चितवन, इटहरी र झापाबाट नेपाली विद्यार्थीलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।