त्रिकोणात्मक प्रेमकथामा आर. के., अनुजा र मिशेल

-तुलसी गिरी ‘भावुक’

त्रिकोणात्मक प्रेमकथामा आधारित म्युजिक भिडिओ ‘धोका’ सार्वजनिक भएको छ l भिडिओमा धोकेबाज प्रेमीको रुपमा आर.के. परियारले अभिनय गरेका छन् भने धोका पाउने र अर्काको प्रेमी खोस्ने भूमिकामा अनुजा सिंह र मिशेल घिमिरेको अभिनय रहेको छ l म्युजिक भिडिओको क्षेत्रमा लगातार सफलताको सिंढी उक्लिरहेका प्रतिभाशाली मोडलद्वय अनुजा र मिशेलको अभिनय तारिफयोग्य रहेको छ भने अनुभवी मोडल आर. के. ले पनि आफ्नो कला जमेर प्रस्तुत गरेका छन् l अहिलेको युवा पुस्तामाझ अक्सर घटिरहने घटनालाई आधार बनाएर निर्माण गरिएको यो भिडिओ मोडल आर. के. कै अफिसियल युट्युब च्यानल RK Pariyar बाट विहीबार डिजिटल बजारमा आएको हो l

आर. के. परियार र विनोद सुनामले संयुक्त रुपमा रचना गरेको यस गीतमा ऋषि खड्काको सङ्गीत, विशाल निरौलाको सङ्गीत संयोजन र कुमार रानाको मिक्सिङ/माष्टरिङ रहेको छ भने समीक्षा अधिकारीको कारुणिक स्वरले गीतको भावलाई अझ जीवन्त बनाएको छ l भिडिओ गौरव गिरीको निर्देशनमा छायाङ्कन भएको हो l जसमा छायाकार सन्तोष तामाङ (साउथ) र सम्पादक मिलन विश्वकर्मा रहेका छन् l केही समय अघि मात्र आर.के., अनुजा र मिशेल अभिनित दुई म्युजिक भिडिओ ‘थोपा’ र ‘परिणाम’ बजारमा आईसकेका छन् l