समाजसेवी राजनीतिज्ञ रमेश गौतम

विगत २५ बर्षदेखि राजनीतिमा होमिएका समाजसेवी रमेश गौतम व्यवसायीको रुपमा पनि चिनिन्छन् । बालुवाटार काठमाण्डु निवासी समाजसेवी, नेपाल तरुण दलका केन्द्रीय सदस्य रमेश विभिन्न सङ्घ-संस्थामा पनि आबद्ध छन् । देशमा भईरहेको आर्थिक, सामाजिक र राजनीतिक अस्थिरतालाई अबका युवाले गतिशील बनाउनु पर्छ भन्ने सोच सहित राजनीति गर्ने रमेश गौतम आफूले जानेको र बुझेको समयदेखि नै ‘प्रजातन्त्र र जनताको आस्थामा बिश्वास गर्ने र सरल तथा सत्य राजनीति गरी देशलाई अघि बढाउँ’ भन्ने नारा सहित नेपाली कांग्रेसलाई मूलधार बनाई बिगत २५ बर्षदेखि क्रियाशील राजनीति गरिरहेका छन् भने अहिले उनी नेपाल तरुण दलको केन्द्रीय सदस्यमा रहेर काम गरिरहेका छन् ।

राजनीतिलाई नित्तान्त समाज सेवा र देशको प्रमुख अङ्ग मान्ने उनी आफू रहुन्जेल नेपाली कांग्रेस र देशको हितको लागि अघि बढ्ने बताउँछन् । नेपाल तरुण दल केन्द्रीय अध्यक्ष बिध्वान गुरुङको अध्यक्षतामा बन्न लागिरहेको तरुण केन्द्रीय कार्यालयको भवन निर्माणमा पनि उनले महत्वपूर्ण सहयोग गरेका छन् । उनले गर्दै गरेको यो सराहनीय कार्यको लागि नेपाली कांग्रेस पनि कृतज्ञ रहेको कुरा पार्टीका अग्रज राजनीतिज्ञहरुको भनाई छ । उनले समाज, देश र जनताको लागि युवा राजनीतिज्ञ भएर पक्कै पनि उदाहरणीय कार्यहरु गर्ने छन् भन्ने आशा गर्न सकिन्छ