पति-पत्नी बीचको असिम प्रेम ‘चोखो माया’

-तुलसी गिरी ‘भावुक’

पशुपति म्युजिकले पति पत्नीले एक अर्काप्रति प्रकट गरेको असिम प्रेमको गीत ‘मैले जति चोखो माया’ को भिडिओ सार्वजनिक गरेको छ l प्रसिद्ध सर्जक राजकुमार बगरको शब्दरचना, सङ्गीत र मिक्सिङ/माष्टरिङ रहेको यस युगल गीतमा अञ्जु पन्त र स्वरुपराज आचार्यले स्वर दिएका छन् भने सङ्गीत संयोजन राजु कार्कीको रहेको छ l

युवराज वाइबाको निर्देशनमा निर्माण भएको यस म्युजिक भिडिओमा ‘मिस पबी’ को नामले समेत ख्यातिप्राप्त कलाकार पवित्रा साँकी र रोशन के.सी. को अभिनय रहेको छ l निश्चल पौडेलको छायाङ्कन र विकाश दाहालको सम्पादन रहेको यस भिडिओमा बाल कलाकार प्रतिक पौडेलले समेत अभिनय गरेका छन् l भिडिओ Pashupati Music युट्युब च्यानलमा अपलोड भएको छ l