बालगीत ‘फूल जस्तै हामी नानी’ को भिडिओ सार्वजनिक

प्रसिद्ध गीतकार प्रकाश सुवेदीले रचना गरेको बालगीत ‘फूल जस्तै हामी नानी’ को भिडिओ सार्वजनिक भएको छ l बबिना भट्टराईको सङ्गीत, साहस शाक्यको सङ्गीत संयोजन, चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ तथा तेरेसा विश्वकर्मा र बबिना भट्टराईको स्वर रहेको गीत ‘फूल जस्तै’ को भिडिओ Srijana ra Serophero युट्युब च्यानलबाट शुक्रबार डिजिटल बजारमा आएको हो l

ऐरावती प्रकाशन प्रा. लि. बाट प्रकाशित कक्षा ७ को पाठ्यपुस्तक  `मेरो प्यारो नेपाली´ मा समावेश रहेको यस गीतको भिडिओ प्रसिद्ध छायाकार/भिडिओ सम्पादक वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन एवं ग्राफिक्समा तयार भएको हो l