गायक योगीद्वारा सर्वाधिक लोकप्रिय १० गीत सार्वजनिक

-तुलसी गिरी ‘भावुक’

मेलोडी सुल्तानको उपनामले प्रसिद्धि कमाएका गायक शिशिर योगीले आफ्ना सर्वाधिक लोकप्रिय १० गीतको अडियो जुक बक्स सार्वजनिक गरेका छन् l गायक योगीले आफ्नै आधिकारिक युट्युब च्यानल Shishir Yogi बाट ३ दिन अघि सो अडियो जुक बक्स श्रोता समक्ष प्रस्तुत गरेका हुन् l ‘यी सबै गीतका छुट्टाछुट्टै भिडिओ मेरै च्यानलमा उपलब्ध भएपनि अडियो पारखी स्रोताहरुका लागि जुक बक्स सार्वजनिक गरिएको हो’ गायक योगी भन्छन् l

Top 10 Of Shishir Yogi शीर्षकमा रिलिज गरिएको यस अडियो जुक बक्समा योगीका सर्वाधिक पपुलर गीत ‘मानिस खोजिरहेछु, सारङ्गी त रेटे पनि, चौतारीको बरै ढलेछ, कर्णाली पारि, आमा, बा, बोल्ने कोही छैन, मरिलानु के नै छ, एक मुट्ठी चामल र यादमा’ गरी १० वटा गीत समावेश गरिएको छ l