राजकुमार बगरको शव्द/सङ्गीतमा ‘दर्पण छायाले’

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सर्जक राजकुमार बगरको शव्द/सङ्गीतमा रहेको गीत ‘दर्पण छायाले’ को भिडिओ सार्वजनिक भएको छ l नरेन्द्र वियोगीको सङ्गीत संयोजन र सर्जक ‘बगर’ कै मिक्सिङ/माष्टरिङ रहेको प्रेमपरक भावको यस गीतमा वुद्धि अधिकारी र रचना रिमालले स्वर दिएका छन् l गीतमा नायक/नायिकाले एक अर्काको प्रेम र साथले काँडा जस्तो जिन्दगी फूल जस्तो सुन्दर भएको कुरा व्यक्त गरेका छन् l

मुकेश नेपालीको कोरियोग्राफी र कुमार के. सी. को निर्देशन रहेको यस नृत्यप्रधान भिडिओमा सुरेश कोहली र उषा उप्रेतीले आकर्षण नृत्य-अभिनय गरेका छन् l अजय रेग्मीको छायाङ्कन र अमृत चापागाईंको सम्पादन रहेको यो भिडिओ Buddhi Adhikari Official युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l