गरिबी र बेरोजगारीले निम्त्याएको वियोग ‘गन्तव्य खोज्दै’

-तुलसी गिरी ‘भावुक’

गरिबी र बेरोजगारीको कारण आर्थिक उपार्जनको गन्तव्य खोज्दै युवाहरुले घर छोड्नुपर्ने बाध्यता र त्यस्तो परिस्थितिबाट उत्पन्न वियोगान्त कथामा आधारित म्युजिक भिडिओ ‘गन्तव्य खोज्दै’ सार्वजनिक भएको छ l भिडिओ Sairam Pictures युट्युब च्यानलबाट आजै डिजिटल बजारमा आएको हो l

साक्षी श्रेयको शब्द, सङ्केत अगस्तीको सङ्गीत, बाबुल गिरीको सङ्गीत संयोजन, श्रेय अगस्ती र बाबुल गिरीको स्वर तथा विशाल निरौलाको मिक्सिङ/माष्टरिङ रहेको यस गीतको भिडिओमा कमल सिंह, मिशेल घिमिरे र झलकमणि अधिकारीको अभिनय रहेको छ l सङ्केत अगस्तीको निर्देशनमा निर्माण भएको यस भिडिओमा खेमनाथ खनाल पटकथाकार एवं क्रिएटिभ निर्देशकको रुपमा रहेका छन् l   भिडिओका छायाकार करन चैसिर हुन् भने दृश्य सम्पादन टेकेन्द्र शाहको रहेको छ l

देशको विषम परिस्थितिले गर्दा युवाहरुले चाहेर पनि इलम गरेर खाने अवस्था नरहेको कारण विदेशिनु पर्ने बाध्यता र देश-विदेशमा काम गरिरहेका युवाहरु कोही बाकसमा फर्कनु पर्ने त कोही चरम श्रम शोषणमा पर्ने अवस्था भएकोले भविष्यमा यस्ता घटना फेरि नदोहोरिउन् भन्ने आशयले यो भिडिओ निर्माण गरिएको कुरा निर्माण पक्षले जानकारी गराएको छ l सन्देशमूलक यो भिडिओ यथार्थपरक कथामा आधारित रहेको छ l