डा. उपाध्यायलाई पाचौं पटक मानार्थ विद्यावारिधि

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डी.आर. उपाध्यालाई पाँचौं मानार्थ विद्यावारिधिको प्रमाणपत्र अर्पण गरिएको छ । नयाँदिल्लीमा आयोजित एक विशेष समारोहमा डब्लुइबीबीआइसी युनिभर्सिटीले उहाँलाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो ।

नयाँ दिल्लीमा आयोजित एक विशेष समारोहमा बिन्द्रावनका अनिरुद्रचार्य महाराज, उपसभामुख र विश्वविद्यालयका व्यक्तित्वहरूले उहाँलाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो । सो अवसरमा अन्य राज्यका सांसद सदस्यहरुको समेत उपस्थिति रहेको थियो । सो अवसरमा गीतसङ्गीत तथा विविध विधामा १ सय ५३ विश्व कीर्तिमान कायम गर्नु भएकोमा एक्सक्लुसिभ वर्ल्ड रेकर्ड र किङ्स बुक्स अफ रेकर्डले समेत डा.उपाध्यायलाई सम्मान गरेका थिए । डा. उपाध्यायले सन् २००० मा विधावारिधि गरिसक्नु भएको छ । उहाँलाई अमेरिका लगायतका अन्य देशका विश्व विद्यालयहरुले यसअघि चारवटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिसकेका छन् ।