‘कल कल मुया’मा जीवन र नम्रता

गायक दीपक लभको रोमान्टिक डान्सिङ गीत ‘कल कल मुया’ को भिडिओ सार्वजनिक भएको छ । राजन रुमानीको शब्द र तुलाधर दर्नालको सङ्गीत रहेको यस गीतमा राहुल विश्वकर्माको म्युजिक एरेन्ज रहेको छ । गीतमा आफूलाई मनपरेकी युवतीको क्रियाकलापले उनीप्रति आकर्षण नभएको कुरा एक युवाले राखेको छ । गीतको भावमै भिडिओका कथा बुनिएको छ ।

भिडिओमा नम्रता सापकोटा र जीवन कुमार ज्ञावलीको जोडी देख्न सकिन्छ । भिडिओमा तिम्रो भएन भर भन्दै जीवन नम्रताको पछि लागेको देखाइएको छ । नवराज उप्रेतीको छायाङ्कन र मनोज कार्कीको सम्पादन रहेको यस भिडिओमा नवराज रिजाल र देवराज सापकोटाको नृत्य संयोजन रहेको छ भने कोरियोग्राफी/निर्देशन कविराज गहतराजले गरेका छन् ।