सत्मार्गको सन्देश छर्दै गीतकार डा. भोला रिजाल

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध गीतकार/गायक डा. भोला रिजालले रचना गरेको गीत ‘फूल भएर फुल्नु’ को भिडिओ बजारमा आएको छ l संसारका हरेक मानव फूल जस्तै सुन्दर र सुगन्धित हुन् भन्ने चाहना व्यक्त गरिएको यस गीतमा नारायण ओलीको सङ्गीत र गोपाल रसाईलीको सङ्गीत संयोजन रहेको छ भने दीप श्रेष्ठले स्वर दिएका छन् l

‘फूल भएर फुल्नु’ को भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन/सम्पादनमा तयार भएको हो l महेश महराको छायाङ्कन र लोकेश भाटको सहसम्पादन रहेको यस म्युजिक भिडिओमा गीतकार डा. रिजाल, सङ्गीतकार ओली, आसु केसी र समता स्कूलका विद्यार्थीहरुले अभिनय गरेका छन् l सकारात्मक भावले भरिपूर्ण यस गीतले सत्मार्गको सन्देश छरेको छ l असल र सफल मानव हुनका लागि आवश्यक पर्ने गुण र स्वभावको बारेमा गीतले छर्लङ्ग पारेको छ l वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यो म्युजिक भिडिओ BR production युट्युब च्यानलबाट दुईदिन अघि बजारमा आएको हो l