युवा इन्जिनियर बिक्रम दहाल सर्वसम्मतिले वडा सभापतिमा चयन


नेपाली कांग्रेस दोलखा जिल्लाको पार्टी महाधिवेशनले युवा इन्जिनियर बिक्रम दहाललाई सर्वसम्मतिले वडा सभापतिमा चयन गरेको छ । वैतेश्वर गाउँपालिका वडा नं. ५ ( साबिक काब्रे गा.बि.स. )  दोलखामा २०७८ भदौ १८ गते सम्पन्न महाधिवेशनले युवा इन्जिनयर विक्रम लगायतको नेतृत्व सर्वसम्मतले चयन गरेको हो ।

जम्मा २३ जनाको यो कार्यसमितिको पाँच बर्षको कार्यकाल रहने कुरा थाहा भएको छ l २७ वर्षीय सिभिल इन्जिनियर दहाल कन्सल्टिङ व्यवसायमा संलग्न रहेर लगभग एक दर्जन युवालाई रोजगार उपलब्ध गराउने सफल इन्जिनियर पनि हुन् ।बिक्रम बैतेश्वर गाउँपालिकामा सञ्चालित बिभिन्न विकास निर्माणका कार्यमा संलग्न रहँदै आएका छन् ।

वडा समिति उपसभापति पदमा द्वय नवराज घिमिरे र सोम बहादुर दहाल सर्वसम्मतिबाट चयन भएका छन् भने कोषाध्यक्ष पदमा प्रमिला फुँयाल चुनिएकी छिन् । नेपाल सांस्कृतिक मञ्चका केन्द्रीय प्रवक्ता तथा नेपाली कांग्रेस दोलखाका कोषाध्यक्ष कृष्ण केसीको उपस्थितिमा सो कार्यसमिति चयन भएको जानकारी प्राप्त भएको छ ।