‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ सम्पन्न, सङ्गीतकर डंगोललाई ‘रजत सङ्गीत सम्मान’

‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ सम्पन्न भएको छ l ललितपुरको होटल स्क्वायरमा आयोजित सो अवार्ड समारोहमा ४२ विधाका सर्जक, कलाकार र प्राविधिकहरुलाई अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा यो वर्षको ‘रजत सङ्गीत सम्मान २०२४’ बाट अग्रज सङ्गीतकार जुगल डंगोललाई सम्मानित गरियो । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजित सो समारोहमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्गीतकार डंगोललाई सो सम्मान हस्तान्तरण गरेका थिए । कार्यक्रममा सङ्गीतकार डंगोलको सम्मानमा गायिका निशा देशारले उनै सम्मानित सङ्गीतकारको सङ्गीतमा रहेको गजल ‘साउनको भेल जस्तो’  प्रस्तुत गरिन् भने बाँसुरीबादक नगेन्द्र राईले जुगलकै सङ्गीतमा बाँसुरी धुन सुनाए ।

समारोहमा संस्कृतिकर्मी चन्द्र कुमार राई, साहित्यकार हरिसिंह थापालगायतका व्यक्तिहरु पनि सम्मानित भए । यसैगरि ५ हजार ५ सय ५५ रुपैया राशी सहितको यो वर्षको सङ्गीत पत्रकारिता पुरस्कार रङ्ग पत्रकार हरि दुलाललाई प्रदान गरियो ।

कार्यक्रममा मन्त्री भानुभक्त जोशीले यस्ता कार्यक्रमहरुले प्रतिभाहरुलाई प्रोत्साहन मिल्नुका साथै गीत सङ्गीतको विकाशमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै बागमती प्रदेशका श्रम तथा यातायात मन्त्री लक्ष्मण लम्सालले राज्यले गर्नुपर्ने यस्ता महत्वपूर्ण कार्यहरु पिम नेपालले आयोजना गरेर निकै प्रशंसनीय कार्य गर्दै आएको छ भन्ने धारणा राखे ।

आयोजक संस्था पिम नेपालका अध्यक्ष माधव राज खरेलले पिम अवार्डबारे प्रकाश पार्दै भने- ‘विगत ७ वर्षदेखि आयोजना हुँदै आएको निम अवार्डले नेपालमा बोलिने विभिन्न भाषाभाषीहरुमा बनेका गीत र भिडिओहरुलाई प्रोत्साहन स्वरुप अवार्ड तथा सम्मान प्रदान गर्दै आईरहेको छ ।’ यस्तै नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले पहिलो शृङ्खलादेखि नै आफू सल्लाहकारको रुपमा रहँदै आएको र निम अवार्ड समावेशी अवार्डको रुपमा स्थापित भएको बताए । कार्यक्रममा वरिष्ठ कला पत्रकार शान्तिप्रिले स्वागत मन्तव्य राखेका थिए भने अवार्ड संयोजन कमला जोशीले अवार्डको बारेमा प्रकाश पारेकी थिईन् । लोकप्रिय म्युजिक भिडिओ मोडल सनम कठायतको व्यवस्थापन रहेको सो कार्यक्रमको निर्देशकमा राजन थापा र सल्लाहकारमा व्याकुल माईला रहेका थिए थिए ।

अवार्ड कार्यक्रममा नेपाल टेलिकम, नेपाल एयरलायन्स, कृषि बिकास बैंक, एनएमवि बैक, टेन्सवर्क, गोकर्णेश्वर नगरपालिका  लगायतका सङ्घ-संस्थाहरुले सहयोग गरेका थिए ।

अवार्डका विधा र विजेताहरु:
सर्वोत्कृष्ट राष्ट्रिय भाव
कर्मा : हाम्रो भावना त एउटै

सर्वोत्कृष्ट गजल गायन
रुद्रशेखर शर्मा : किन

सर्वोत्कृष्ट गजल गायन (जुरी)
सङ्गीता राना प्रधान : चोखो माया

सर्वोत्कृष्ट आधुनिक गायक
यस कुमार : सुस्तरी सुस्तरी

सर्वोत्कृष्ट आधुनिक गायिका
निता आचार्य : जिन्दगी त सँगै जिउने हो ।

सर्वोत्कृष्ट आधुनिक सङ्गीतकार
नरहरि प्रेमी : घर छोडेको मान्छे

सर्वोत्कृष्ट आधुनिक गीतकार (पुरुष)
टेक तामाङ : तिमी सागर

सर्वोत्कृष्ट आधुनिक गीतकार (महिला)
सविता पोख्रेल : एक चिम्टी सिन्दुर

सर्वोत्कृष्ट नव प्रतिभा गायक
राजु भट्ट : यो मुल्याई

सर्वोत्कृष्ट नव प्रतिभा गायक
सन्त बहादुर दराई (जुरी)

सर्वोत्कृष्ट नव प्रतिभा गायिका
प्रिजा मिश्र : के छ विचार

सर्वोत्कृष्ट पप गायन
डेविट शंकर : तिमिलाई हेरेर

सर्वोत्कृष्ट डायस्पोरा अवार्ड
चेष्टर लिम्बू : जीवन एक सङ्घर्ष

सर्वोत्कृष्ट लोक पप गायन
नवीन कार्की : मान्छे होस् इमान्दार

सर्वोत्कृष्ट लोक पप गीतकार
अनिल तिखत्री : तिमीलाई हेरेर

सर्वोत्कृष्ट लोक पप सङ्गीतकार
मानस राज : मुड फ्रेस

सर्वोत्कृष्ट युगल गायन
मोहन श्रेष्ठ/सहिमा श्रेष्ठ : अरे क्यानम

सर्वोत्कृष्ट मौलिक गीत
हेमन्त कान्छा रसाईली : कोही मर्दा कसैको त

सर्वोत्कृष्ट लोकदोहोरी शब्द
सागर बास्तोला : गरिदेऊ विदा

सर्वोत्कृष्ट लोकदोहोरी लय
ऋषि खड्का : गरिदेऊ बिदा

सर्वोत्कृष्ट लोकदोहोरी गायक
राम कुमार नेपाली : मुटु चस्केर हो

सर्वोत्कृष्ट लोकदोहोरी गायिका
सञ्जु न्यौपाने : लामो कपाल

सर्वोत्कृष्ट मौलिक भिडिओ
कमल एक्चै मगर : रामदली

सर्वोत्कृष्ट आधुनिक/पप निर्देशक
केशवराज भट्ट : राजाको भैंसी

सर्वोत्कृष्ट आधुनिक/पप मोडल पुरुष
राज टाईगर : माया गरें तिमीलाई

सर्वोत्कृष्ट आधुनिक/पप मोडल महिला
अश्विनी शाही : तिम्रो मनमा

सर्वोत्कृष्ट लोकदोहोरी निर्देशक
सृजन बराल (ऋषि) : जारी

सर्वोत्कृष्ट लोकदोहोरी मोडल पुरुष
सागर लम्साल (बले) : सोल्टी सोल्टीनी

सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला
एन जेड सालु : आँखैमा बस्छौ कि

सर्वोत्कृष्ट लोकदोहोरी मोडल महिला (जुरी)
प्रमिता राज घतानी : १८ प्लस

सर्वोत्कृष्ट नव मोडल पुरुष
बसन्त उदास : बैरागी

सर्वोत्कृष्ट नव प्रतिभा मोडल महिला
मिशेल घिमिरे : परिणाम

सर्वोत्कृष्ट नव प्रतिभा मोडल महिला (पब्लिक च्वाईस)
पुनम श्रेष्ठ : सुस्तरी सुस्तरी

सर्वोत्कृष्ट कोरियोग्राफर
राहुल बराईली : तिमी नै हौ

सर्वोत्कृष्ट म्युजिक एरेन्जर
सुदिप सागर : सकम्बरी

सर्वोत्कृष्ट ध्वनि मिश्रण
नरेन्द्र वियोगी : नदेखेको

सर्वोत्कृष्ट छायाकार
मुकेश हुमागाई : तिम्रो याद

सर्वोत्कृष्ट भिडिओ सम्पादक
अमृत चापागाई : मेरो लाहुरे

सर्वोत्कृष्ट नेपालभाषा गीतकार
नातीकाजी महर्जन : बाला आपालँ

सर्वोत्कृष्ट नेपालभाषा सङ्गीतकार
मनराजा नकर्मी : असं बजाः मंग बजाः

सर्वोत्कृष्ट नेपालभाषा गायक
मोहन शाक्य : असं बजाः मंग बजाः
.
सर्वोत्कृष्ट नेपालभाषा भिडिओ
.दर्शनवीर शाक्य : जिगु देय् जित यः

सर्वोत्कृष्ट डेउडा गीत
शान्ति शाही : पहाडकी मैना चडी

सर्वोत्कृष्ट मैथली/भोजपुरी गीत
प्रेमनारायण झा : आजुक दिन शुभमंगल हो

सर्वोत्कृष्ट मैथली/भोजपुरी गायक
वीरेन्द्र कुमार झा : तुतै तोईड देल्ही हमर दिल

सर्वोत्कृष्ट मैथली/भोजपुरी भिडियओ
मुन्ना कुमार : बिन्दिया तोहर गे

सर्वोत्कृष्ट मैथली/भोजपुरी भिडियओ (जुरी)
बद्री शाह : बेटीपर नही करु अत्याचार