प्रेमीले विवाहकै दिन अर्कै युवती च्यापेर हिँडेपछि…

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सङ्गीतकार राजकुमार बगर र लोकप्रिय गायिका समीक्षा अधिकारीको स्वरमा रहेको गीत ‘तिमी त दुश्मन’ को भिडिओ सार्वजनिक भएको छ l प्रकाशित सिर्जनाहरुको समग्रमा मूल्याङ्कन गर्दा कारुणिक भावको गहिराईमा डुब्न मन पराउने सर्जक ‘बगर’ केही समय यता बढीजसो गायिका समीक्षा अधिकारीसँग सहकार्य गरिरहेका छन् l जुन सहकार्यलाई श्रोताले पनि मन पराएका छन् l प्रेम सङ्गमको शब्द र विनोद बाजुरालीको सङ्गीत संयोजन रहेको यस गीतको रेकर्डिङ, मिक्सिङ र माष्टरिङ राजकुमार बगरले नै गरेका हुन् l

भिडिओ जनक सिंहको निर्देशनमा छायाङ्कन भएको हो l जसमा सनम कठायत, अनिता गिरी र सपना क्षेत्रीको अभिनय रहेको छ l भिडिओमा विवाहकै दिन आफ्नो प्रेमी अर्कै युवती च्यापेर हिँडेपछि विक्षिप्त बनेकी प्रेमिका र आफ्नो गल्तीप्रति पश्चात्ताप गर्दै पहिलो प्रेमिकालाई नै स्वीकार गर्ने प्रेमीको कथा देखाईएको छ l प्रेमको उतारचढाव र वियोग पछिको पुनर्मिलनले भिडिओलाई निकै रोमाञ्चक बनाएको छ l फरक प्रस्तुतिका साथ आएको यो भिडिओ सन्देशमूलक छ l भिडिओमा लोकप्रियताको शिखर चढिरहेकी मोडल अनिता गिरीले आफ्नो भरपुर अभिनय क्षमता प्रस्तुत गरेकी छिन् l भिडिओमा दीपक गिरीको छायाङ्कन र अमृत चापागाईंको सम्पादन रहेको छ l