सरकारलाई कर नतिर्न राष्ट्रवादी केन्द्रको आह्वान

तुलसी गिरी ‘भावुक’


राष्ट्र, राष्ट्रियता, वैदिक सनातन धर्म-संस्कृति, जनजीविका र राष्ट्रिय पुँजी/लगानीको पक्षमा विगत ५ बर्षदेखि सङ्घर्ष गर्दै आईरहेको सचेत नेपालीहरुको सङ्गठन राष्ट्रवादी केन्द्र नेपाल ले आइतबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लवको हलमा पत्रकार सम्मेलनको आयोजना गरी अवज्ञा आन्दोलनको घोषणा गरेको छ l कार्यक्रममा सरकारलाई कर तिर्नुको कुनै औचित्य नरहेको भन्दै केन्द्रका अभियन्ताहरुले आम नागरिकलाई कर नतिर्न आह्वान गरेका छन् l कार्यक्रमा केन्द्रका संयोजक चन्द्र बहादुर थापा लगायत अभियन्ताहरु कर्ण बहादुर शाही, केदार भण्डारी, डा, अमोदजंग तामाङ, माधव खत्री र दुर्गा प्रसाद दाहालले आ-आफ्ना धारणा राखेका थिए l

SUBSCRIBE 👉

पत्रकार सम्मेलनमा वितरित केन्द्रका संयोजक चन्द्र बहादुर थापाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ- ‘ नेपाल बोन, शाक्त, शैव, शाङ्ख्य, ब्रह्म्ह/वैदिक, बौद्ध, जैन र प्रकृतिपूजक धर्मदर्शनले सिञ्चित पवित्र भूमि हो l धर्म र संस्कृतिले समाजको, समाजले राजनीतिको र राजनीतिले प्रणालीको निर्माण हुन्छ l हाम्रो देशको राजनीतिक प्रणालीमा माथिका मौलिक दर्शन तथा धर्म-संस्कृतिलाई विमूख बनाईएको कारण हाम्रो संस्कृति, अर्थतन्त्र लगायत समग्र क्षेत्रहरु परजीवी बनिसकेका छन् l यसर्थ नेपालको समग्र प्रणालीलाई माटो सुहाउँदो बनाउने लक्ष्य पूरा नहुन्जेल हाम्रो संगठनले आजैदेखि शान्तिपूर्ण भद्र अवज्ञाका कार्यक्रमहरुलाई निरन्तरता दिने कुरा उद्घोष गर्दछ l शान्तिपूर्ण अवज्ञाका कार्यक्रमहरुलाई केन्द्रदेखि स्थानीय तहसम्म जनताको जनजीविका, धर्म-संस्कृतिको संरक्षण, राष्ट्रिय पुँजी लगानीको पक्षमा तथा सरकार र व्यवस्थाका त्रुटीहरु, बेथिति, अन्याय, अत्याचार, भ्रष्टाचार र राष्ट्रघातको विरुद्धमा जनस्तरबाट सुरुआत गरिने छ l सम्पूर्ण राष्ट्रवादी, धर्म-संस्कृति पक्षधर सङ्घ-संगठनहरु, राष्ट्रिय उद्यमी-व्यावसायीहरु तथा आम जनसमुदायलाई हाम्रो शान्तिपूर्ण भद्र अवज्ञा अभियानलाई साथ समर्थन जनाउन हार्दिक अपिल गर्दछौं l

गत फागुन २१ गते काठमाण्डौ लगायत देशभरका शहरहरुमा भएको बृहत् कार्यक्रमलाई सफल बनाउन अनवरत लाग्नुहुने सम्पूर्ण तहका नेत्तृत्वहरु, जनसमुदाय, विभिन्न शुभेच्छुक सङ्घ-संस्थाहरु, सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु तथा सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दछौं l  

SUBSCRIBE 👉