प्रेमिल भावको गीतमा सागर र रोशनी

-तुलसी गिरी ‘भावुक’

प्रसिद्ध सङ्गीतकार/गायक सागर अधिकारी ‘शरद’ र रोशनी थापाको युगल स्वरमा रहेको गीत ‘तिमी छौ र सास छ’ को भिडिओ सार्वजनिक भएको छ l गीतकार सविन प्रियशनले रचना गरेको यस गीतमा साहस शाक्यको म्युजिक एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ र सागर अधिकारीकै सङ्गीत रहेको छ l

गीतको भिडिओ राम कुमार के.सी. को छायाङ्कन/निर्देशनमा निर्माण भएको हो l जसमा गीतका गायक सागर अधिकारी र रोशनी थापाकै अभिनय देख्न सकिन्छ l भिडिओको सम्पादन टेकेन्द्र शाहले गरेका हुन् l प्रेमिल भावको यस गीतमा आफूलाई माया गर्ने मान्छेको साथले जिन्दगी कसरी स्वर्गमय बन्छ भन्ने कुरा व्यक्त गरिएको छ l