युवा नेता कृष्ण गुरुङ प्रधानमन्त्रीको सचिवालय सदस्यमा नियुक्त

-तुलसी गिरी ‘भावुक’


लामो समयदेखि राजनीतिमा सक्रीय रहँदै आउनुभएका युवा नेता तथा उद्योगपति कृष्ण गुरुङ प्रधानमन्त्रीको सचिवालय सदस्यमा नियुक्त हुनुभएको छ l राजनीतिको पारिवारिक पृष्ठभूमि नै नेपाली काङ्ग्रेस भएका गुरुङ २०५७ सालदेखि नै सक्रीय सदस्यको रुपमा पार्टीमा क्रियाशील रहँदै आउनुभएको थियो l शेर बहादुर देउबा निकट व्यावसायी समेत रहनुभएका गुरुङले विगतमा आपूर्ती मन्त्रालयको सचिवालय र प्रधानमन्त्रीको सचिवालयमा कार्य अनुभव बटुलिसक्नुभएको छ l

राजनीति सँगसँगै उद्योग-व्यावसायमा समेत संलग्न गुरुङ मुलुककै प्रतिष्ठित व्यावसायिक समूह मनाङ ग्रुपका अध्यक्ष हुनुहुन्छ भने विभिन्न कलेज, स्कूल, अस्पताल र पर्यटन क्षेत्रसँग सम्बन्धित व्यावसायहरुमा पनि उहाँको लगानी रहेको छ l

तीनकन्या-९, सिन्धूली निवासी पिता महेन्द्र गुरुङ र माता लक्ष्मी गुरुङका एकमात्र सन्तान कृष्ण गुरुङ पूर्व समयका एक व्यावसायिक सङ्गीतकर्मी समेत हुनुहुन्छ l नेपाली काङ्ग्रेसमा आबद्ध रही ४ दशकदेखि क्रियाशील रहँदै आउनुभएकी उहाँकी माता लक्ष्मी गुरुङको स्थानीय क्षेत्रमा उच्च राजनीतिक छवि रहेको छ l  

SUBSCRIBE 👉