योग्यता, क्षमता र लगनशीलताका पर्याय एआईजी सन्दीप भण्डारी


चारित्रिक चेतना हुनका लागि चरित्रशील पनि हुनुपर्दछ । कार्यक्षेत्रमा सफल हुनका लागि चरित्रनिर्माण पहिलो खुड्किलो हुन आउँछ । जसरी ठूला–ठूला भवन निर्माणका लागि मजबुत जग हुन अनिवार्य हुन्छ त्यसरी नै आफ्नो क्षेत्रमा कुशल नेतृत्व र कार्यका लागि चरित्रनिर्माण मुख्य कुरा हो । यस्तै नेपाल प्रहरीमा एक चरित्रवान, सक्षम तथा कार्यकौशलमा निपूर्ण नाम हो- सन्दीप भण्डारी । संगठनले लामो समयसम्म भावी नेतृत्वको प्रवल दाबेदारको रुपमा प्रस्तुत गर्दै उनलाई लगेको थियो । प्रहरी निरीक्षकदेखि वरिष्ठ प्रहरी उपरीक्षक हुँदासम्म उनी कामकै बलमा आफ्नो समूहमा अग्रपङ्क्तिमा (अक्सर एक नम्बर) मै रहँदै आए । तर, नायव महानिरीक्षक हुने बेलामा भने राजनीतिक र प्रशासनिक शक्ति केन्द्रको रोजाइमा पर्न नसकेर आश्चर्यजनक ढङ्गले पछाडि पारिए । योग्यता, क्षमता र लगनशीलतामा अब्बल सन्दीप भण्डारीमाथि भएको त्यो अन्यायले सिङ्गो संगठन नै दुःखी भयो । तर, उनी कत्ति पनि विचलित नभइकन आफ्नो कर्ममा हरपल खटिइरहे ।

डीआइजीबाट एआईजी बढुवा छोटो समयमै हुन जाँदा डीआईजीमै पछाडि पारिएका उनी जीवनमा पहिलोपटक आफ्नो व्याजीहरु भन्दा तल्लो दर्जामै रहन बाध्य भए । अर्थात् डीआईजी बढुवामा भएको अन्याय एआइजी सुरु बढुवामा पनि कायम रह्यो । तर पनि सन्दीप भण्डारीले आफ्नो कर्तव्य छोडेनन् । जब उनलाई छुटाउने गुन्जायश नै नरहने गरेर एआईजी दरवन्दी खाली भयो तब उनी स्वाभाविक रुपमा एआईजी भए ।

नेपाल प्रहरीको निम्ति संयोग वा सौभाग्य भनौं त्यतिबेलासम्म एक भद्र अधिकृत अर्थात् वसन्त कुँवर नेपाल प्रहरीको आइजीपी अनि केही राम्रो गरौँ भन्ने हुटहुटि भएका नेता अर्थात् नारायणकाजी गृहमन्त्री भईसकेका थिए । प्रहरीमा योग्य व्यक्ति र उचित जिम्मेवारीको सिद्धान्तलाई लागू गर्न सक्ने मानिसले मानव स्रोत विभाग सम्हाल्नु पर्थ्यो । तब नेपाल प्रहरीको प्रायः सबैको सबलता, दुर्बलता बुझेका सन्दीप भण्डारीले मानव स्रोत विभागको जिम्मा पाए । जहाँ उनले सदाझैं आफूले सकेको, जानेको राम्रो गरिरहेका छन् । काम गर्ने क्रममा अनेक समस्या झेल्नुपरे पनि उनी निरन्तर अघि बढिरहेका छन् । आफ्नो कर्तव्यमा दृढ छन् । जसका कारण हिजो उनको आलोचना गर्नेहरू आज प्रशंसामा उत्रिएका छन् । भनिन्छ नि, निरन्तर कर्म गर्दै जाऊ फलको आशा नगर । सन्दीपमा पनि त्यही कुरा लागू हुन्छ । हो, उनी निरन्तर कर्म गर्न चाहन्छन् । आफूले पाएको जिम्मेवारी कुशलताका साथ निर्वाह गर्न चाहन्छन् । त्यसैले त उनले कार्यक्षेत्रमा सफलता हात पारेका छन् । प्रहरीमा योग्यता, क्षमताको कदर नहुने बेला बेला गुनासा आउने गरेका भएपनि सन्दीपको नेत्तृत्वमा कुनै गुनासो पाइँदैन । उनी बस खटिइरहेका हुन्छन् आफ्नो कर्तव्यमा ।

सन्दीप जस्ता व्यक्तित्वहरूका कारण नै नेपाल प्रहरीको अन्तर्राष्ट्रिय छवि धुमिल हुन पाएको छैन । हामीले पनि आफ्नो प्रहरीका काम कर्तव्यलाई शिर ठाडो पारेर सम्मान गर्न सकेका छौं र आम नेपालीको भरोसा यस संस्थाप्रति उचो छ । त्याग, तपस्या र नैतिकताका एक कुशल उदाहारणीय व्यक्ति हुन् सन्दीप ।

आदर्शवान् नै इज्जतदारः प्रहरी स्वयंमा एक नेतृत्वकर्ता हो । जो समाजमा सुव्यवस्था कायम गर्न र सङ्गठित पार्न सक्रिय हुन्छ । मेरो–तेरो गर्नु भन्दा पनि प्रहरी सेवामा लागेर म समाज र राष्ट्रलाई के योगदान पुर्‍याउन सक्छु भन्ने कुरामा चिन्तनशील हुनुपर्छ । जसले समाज र देशको भविष्य साथै चिन्ता पढ्न सक्छ र संगठनलाई सवल बनाउनुका लागि चाहिने अवयवहरूमा आफूलाई खरो उतार्न सक्छ, त्यो नै आदर्शवान् प्रहरी हो । यस कुरामा सबैले हेक्का राख्ने हो भने अवश्य नै सबैतिर राम्रो हुन्छ,  जुन कुरा सन्दीपमा पाइन्छ ।