‘द मिसेस नेशनल २०२३’ को उपाधि अनिता यादवले चुमिन्


बिबाहित महिलाहरुबीच ललितपुरमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा अनिता यादवले द मिसेस नेशनल २०२३ को ताज चुमेकी छन् । क्रिजोना मिडिया गु्रप प्रा.लि.द्वारा ललितपुरको म्युजिक सिटी हलमा आयोजित प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि छोड्दै अनिता द मिसेस नेशनल २०२३ को उपाधि चुम्न सफल भएकी हुन् । उनी भ्युवर्स च्वाईस अवार्डलाई पनि आफ्नो बनाउन सफल भएकी छन् । लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न सो प्रतियोगितामा दीपा थानी फस्ट रनर्सअपका साथ वेस्ट पर्सनालिटी र समीक्षा अग्रवाल सेकेन्ड रनर्सअपका साथ मस्ट ट्यालेन्टेड भएका थिए ।

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको सो प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसीप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना राय मस्ट आइकोनिक, विभा यादव वेस्ट स्माइल, विन्दु शाह मस्ट फोटोजेनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, सिर्जना खाँण वेस्ट फिगर र सिर्जना यादव वेस्ट वाक उपउपाधि विजेता भए । प्रतियोगितामा मोडल दीपक घिमिरे, एभरेष्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनीता चौलागाईं र जुम्बा इन्सट्रक्टर प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए ।

आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रा.लि.का प्रवन्ध निर्देशक तथा कोरियोग्राफर लभिन अन्सारीले विवाहित महिलाहरुलाई चार घेरा भित्रबाट बाहिर निस्केर स्वावलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्तर्निहित प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्देश्यले द मिसेस नेशनलको आयोजना गरिएको बताएका छन् ।