डा. केसीद्वारा पुन: अनसनको धम्की

काठमाडौँ । प्रा. डा. गोविन्द केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारका लागि उठाएका विभिन्न माग कार्यान्वयनको चरणमा रहेको बेला फेरि अर्को माग अघि सारेका छन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक वरिष्ठताका आधारमा नियुक्त गर्ने माग अघि सारेका हुन् । उनले दलीय सोच, झुकाव तथा वफादारी र भागवण्डाका आधारमा नियुक्ति गर्ने चलखेल भइरहेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले कार्यकारी निर्देशकका लागि वरिष्ठताका आधारमा तीन जनाको नाम सिफारिस गर्न र उनीहरुमध्ये एकलाई नियुक्त गर्न माग गरेका छन् । डा. केसीले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्-‘कनिष्ठ तथा पार्टी कार्यकर्तालाई पदाधिकारी नियुक्त गर्ने काम भयो भने हामीलाई स्वीकार्य हुने छैन ।’

त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दीपक महरा पदमुक्त भएपछि हाल उक्त पद रिक्त रहेको छ ।