‘पछ्यौरी’ मा अल्झियो माया

-तुलसी गिरी ‘भावुक’


औपचारिक यात्राको छोटो समयमै आशालाग्दी गीतकारको रुपमा स्थापित तारा अधिकारीको रचनामा रहेको गीत पछ्यौरी को भिडियो सार्वजनिक भएको छ l  भिडियो गीतकार अधिकारीको आफ्नै अफिसियल युट्युब च्यानल Sunaulo Tara बाट बजारमा आएको हो l दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको यो गीतमा वुद्ध लामा र बेनिशा पौडेलको स्वर रहेको छ l  राजधानीको प्रिज्म डिजिटलमा रेकर्ड भएको यो गीत श्यामश्वेत रसाईलीले मिक्सिङ / माष्टरिङ गरेका हुन् l

प्रस्तुत गीतको भिडियो राजिव समरको कोरियोग्राफी र सान थापाको निर्देशनमा छायाङ्कन भएको हो l जसमा निराजन प्रधान र सुशीला थापाले प्रमुख कलाकारको रुपमा अभिनय / नृत्य गरेका छन् l  भिडियोका सिनेम्याटोग्राफर वुद्ध थापा हुन् भने सम्पादन सुप्रिम पराजुलीले गरेका छन् l  उमेरजन्य प्रेम आकर्षण भावको यस गीतमा युवकले मन त्यसै त्यसै आकर्षित भएको कुरा युवतीलाई जाहेर गर्छ भने मन उतैतिर तानिएको भएपनि युवतीबाट नारीशुलभ असहमतीहरु आउँछन् l  यस्तै प्रेममय भावनाहरुको सेरोफेरोमा रहेको यो गीतका भाव स्वाभाविक र मनोरञ्जक छन् l

गीतकार अधिकारीका हालसम्म सपनासुनौलो तारा गरी दुई एल्बम तथा डेढ दर्जनजति भिडियो सार्वजनिक भएका छन् l जसमध्ये गुलेलीमा नामको भिडियोले ३४ लाख र चोरी चोरी लुकी लुकी भिडियोले २६ लाख भ्युज पाएका छन् l