गहन भावमा गायिका रिता केसी

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गायिका रिता के.सी. को स्वरमा रहेको गीत ‘अस्तिको व्यथा हिजोको कथा’ को भिडिओ सार्वजनिक भएको छ l आम गीत भन्दा फरक, मानवीय जीवन सम्बन्धी गहन अभिव्यक्ति रहेको यो गीत प्रसिद्ध गीतकार नृपध्वज खड्काले रचना गरेका हुन् भने गीतमा राम धिमालको सङ्गीत, मनोहर सुनामको सङ्गीत संयोजन र भोला पौडेलको मिक्सिङ/माष्टरिङ रहेको छ l

भिडिओ बहुआयामिक सर्जक/प्राविधिक वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, छायाङ्कन र सम्पादनमा तयार भएको हो l वर्ल्ड कभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्मित यस म्युजिक भिडिओमा लोकेश भाटले सह सम्पादकको रुपमा काम गरेका छन् l

गीतले सकारात्मक सन्देश पोखेको छ l जीवनका अनेकन कठिनाई र उतारचढावका बाबजुद भोलिप्रति आशावादी भएर बाँच्ने प्रेरणा दिएको छ l व्यथाहरु कथा बन्दै जान्छन् र त्यस्ता कथा बिर्संदै काँडाबीच पनि फुल्ने विश्वासले अघि बढ्दै जानुपर्छ, गीतले भनेको छ l