अद्भुत प्रेममा निता र शंकर

-तुलसी गिरी ‘भावुक’

प्रवासमा रहेर पनि नेपाली गीत-सङ्गीत र कला संस्कृतिलाई औधी माया गर्ने कलाकार निता आचार्य र प्रसिद्ध गायक/सङ्गीतकार शंकर थापा ‘स्माइल’ को स्वरमा रहेको गीत ‘अद्भुत माया’ को भिडिओ सार्वजनिक भएको छ l अनिल सङ्ग्रौलाले रचना गरेको यस गीतमा शंकर थापा ‘स्माइल’ले नै सङ्गीत दिएका छन् भने विश्व अधिकारीको सङ्गीत संयोजन र किशोर थापाको मिक्सिङ/माष्टरिङ रहेको छ l

केशवराज भाटको कोरियोग्राफी/निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा प्रभात पल ठकुरी र सोफी धरेलले अभिनय गरेका छन् l उत्सव दाहालले खिचेको यस भिडिओमा मिलन श्रेष्ठको सम्पादन रहेको छ l

तीन दशक भन्दा अघिदेखि अमेरिका बस्दै आएकी गायिका निता आचार्य गीत रेकर्डकै सिलसिलामा केही समय अघि नेपाल आएकी थिईन् l यस पटकको नेपाल बसाईमा उनले ५ वटा गीत रेकर्ड गरिन् भने ५ वटै गीतको भिडिओ पनि छायाङ्कन गरेकी थिईन् l ‘अद्भुत माया’ उनको यही ५ मध्येको एउटा भिडिओ हो l एकल/युगल स्वरका गरी हालसम्म लगभग १ दर्जन गीत रेकर्ड गरिसकेकी निताका भिडिओहरु उनकै आधिकारिक युट्युव च्यानल Nita Acharya मा हेर्न सकिन्छ l