किरण भुजेल र गीता शर्माको स्वरमा ‘मेरी सोल्टिनी’

रघुनाथ सापकोटा


किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । मेरी सोल्टिनी बोलको सो गीतमा बाल के न्यौपानेको शब्द तथा सङ्गीत रहेको छ । गम्भीर विष्टले निर्देशन गरेको सो भिडियो ज्ञानेन्द्र शर्माले छायाङ्कन गरेका हुन् भने भिडियोमा सुबोल थापाको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन रहेको छ ।

भिडियोमा पल शाह, वर्षा राउत, सुरज श्रेष्ठ, सोम्या श्रेष्ठ फिचर्ड छन् । भिडियोको निर्माण दुर्गा धिमालले गरेका हुन् । भिडियो बिके क्रियसनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।