ट्राफिक नियम सम्बन्धी चेतनामूलक भिडियो ‘रातो बत्ती’

तुलसी गिरी ‘भावुक’

लोकप्रिय सङ्गीतकार जुगल डंगोलको सङ्गीतमा रहेको ट्राफिक नियम सम्बन्धी गीत रातो बत्ती को भिडियो सार्वजनिक भएको छ l एलिना चौहान र सरोज ओलीको स्वरमा रहेको यो गीत बाबुराम दाहालले रचना गरेका हुन् भने म्युजिक एरेन्ज, मिक्सिङ र माष्टरिङ श्यामश्वेत रसाईलीको रहेको छ l ट्राफिक नियम सम्बन्धी चेतनामूलक सन्देश प्रस्तुत गरिएको यो गीतलाई ट्राफिक नियमको समग्र जानकारी भएको  एउटा भिडियो बुलेटिन नै भन्दा पनि फरक पर्दैन l

सहिन प्रजापतीको निर्देशनमा निर्मित यस भिडियोमा रेजिना उप्रेती, सहिन प्रजापती, जिवेश सिंह गुरुङ, सुनिशा बजगाईं, कुशल बिष्ट, अनिता बस्नेत र आश्मा गिरीको अभिनय रहेको छ l शिक्षामूलक भईकन पनि मनोरञ्जनपूर्ण रहेको यस भिडियोका सिनेम्याटोग्राफर गोकुल अधिकारी र सम्पादक अमन मानन्धर हुन् भने बालकृष्ण ओलीको संयोजनमा भिडियो छयाङ्कन भएको हो l