सन्तोष र मीना मायामा मालामाल भए

सयौँ गीतहरुमा सङ्गीत भरेर लोकप्रियता हासिल गरेका सङ्गीतकार सन्तोष श्रेष्ठको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । गायक सन्तोष श्रेष्ठ र गायिका मीना कार्कीको स्वरमा मायामा मालामाल बोलको सो गीत हालै ओएसआर नामक युट्युब च्यानलबाट सार्वजनिक भएको हो । डा. नवि अधिकारी `टाकिन्द्र´को शब्दरचनामा रहेको यो गीतमा गायक सन्तोष श्रेष्ठले नै सङ्गीत भरेका छन् ।

भिडियोमा कमल सिंह र नग्मा श्रेष्ठको प्रमुख अभिनय रहेको छ । उत्सव दाहालको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबहाकको निर्देशमा भिडियो तयार भएको हो ।