प्रेम समर्पण भावमा मिलन र दिपेश

-तुलसी गिरी ‘भावुक’


लोकप्रिय गायिका मिलन नेवार र दिपेश राईको स्वरमा रहेको युगल गीत सपनाहरु हजार छन् को भिडिओ सार्वजनिक भएको छ l भिडिओ आज Ambika Music Nepal नामक युट्युब च्यानलबाट डिजिटल बजारमा आएको हो l

जी. आर. थुलुङ राईको शब्दरचना, भक्त लुङ्गेलीको सङ्गीत र विप्लव अधिकारीको सङ्गीत संयोजन रहेको यस गीतको भिडिओ विनोद बिनिरजारा राईको छायाङ्कन एवं पारू राईको सम्पादनमा तयार भएको हो l यस युगल गीतमा प्रेमी प्रेमिकाले एक अर्काप्रति प्रेम समर्पण भाव व्यक्त गरेका छन् l