‘छड्के नजर’ गीतको भिडिओ सार्वजनिक


गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत छड्के नजरको भिडिओ सार्वजनिक भएको छ । दीपक शर्माको सङ्गीत र विश्व नेपालीको स्वर रहेको यस गीतमा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ भने आर. बी. र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले गीतको रेकर्डिङ, मिक्सिङ गरेका हुन् ।

गायक विश्व नेपालीलाई नै फिचरिङ गरिएको यो भिडिओ शान थापाले निर्देशन गरेका हुन् । भिडिओमा राजीव समरको कोरियोग्राफी, अर्जुन तिवारीको सिनेम्याटोग्राफी  र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।

पूर्व समयमा प्रकाशित एल्बम सुनौलो तारामा रहेको यो गीतको भिडिओ सुनौलो तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको छ ।