लाहुरे परिवारको पीडादायी कथा म्युजिक भिडिओमा

-तुलसी गिरी ‘भावुक’


प्रसिद्ध सर्जक राजकुमार बगरको शब्दरचना, सङ्गीत र मिक्सिङमा तयार भएको गीत ‘धन कमाउन हिंडे म लाहुर’ को भिडिओ केहीदिन अघि डिजिटल बजारमा आएको छ l लोकप्रिय सारङ्गीवादक समेत रहेका हेमन्त कान्छा रसाईली र सुनिता बुढा क्षेत्रीको स्वरमा रहेको यो गीतको सङ्गीत संयोजन समेत गायक हेमन्तले नै गरेका हुन् l भिडिओ हेमन्तले आफ्नै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् l

विनोद भण्डारीको निर्देशनमा निर्मित यस भिडिओमा सारिका के.सी. र गोविन्द पोख्रेलले प्रमुख कलाकारको रुपमा अभिनय गरेका छन् l भिडिओका सिनेम्याटोग्राफर करन चैसिर र सम्पादक प्रवीन भट्ट हुन् l गीत तथा भिडिओले आफ्ना वृद्ध बाबुआमा र प्रियतमालाई छाडेर लाहुर हिंडेको युवक र भर्भराउँदो जवानीमा आफ्नो प्रिय मान्छे परदेश जान लाग्दा पीडामा छट्पटाएकी युवतीको वेदनालाई मर्मस्पर्शी ढङ्गमा पोखेको छ l