दिपाशा बिसीको निर्देशनमा तीजगीत ‘बाकश’ सार्वजनिक

-प्रकाश बराईली ‘अभिव्यक्ति’


चर्चित मोडल दिपाशा बिसीको तीज बिशेष गीत “बाकश” यतिबेला चर्चामा रहेको छ । यस गीतमा टिका पुन, केशरी घर्ती र चाँदनी मगरको स्वर रहेको छ भने दिपाशा बिसीकै शब्द, सङ्गीत रहेको छ ।

यस गीतमा दिपाशा बिसीको निर्देशन रहेको छ भने गणेश गौतमको परिकल्पना, सुवर्ण दुलालको सह निर्देशन तथा सम्पादन, टेकेन्द्र शाहको रङ्ग संयोजन, करण चैशिरको छायाङ्कन रहेको छ ।

उक्त गीतको भिडियोमा दिपाशा बिसी, मानसिंह खड्का, निरुता शाही, टिका सानु, चित्रा पुन, बिक्रम आचार्य, बबिन ठकुरी, गोबिन्द बिवश, सन्ध्या रेग्मी, सुवर्ण दुलाल, सोफिया बिसी, दिपु शाही, केसरी घर्ती , चादनी मगर आदीको अभिनय रहेको छ । यो गीतको भिडिओ टाईम्स टिभी नेपालबाट सार्वजनिक गरिएको छ ।