प्रकाश बराईलीको निर्देशनमा ‘शोकले मरिन्छ कि भोकले’


पछिल्लो समय कोरोनाको दोस्रो भेरियन्टका कारण विश्व आक्रान्त भईरहेको अवस्था छ । कोरोनाकै कारण धेरै नेपालीहरुको ज्यान गएको छ । कतिपय नेपालीहरु कोरोनासँग लडिरहेका छन् । कतिपय सङ्क्रमितहरुको अस्पतालमा जाँदा बेड नपाएको गुनासो पनि छ भने कतिपय सङ्क्रमितहरु होम आईसोलेशनमा बसेको खवर सामाजिक सञ्जाल मार्फत जानकारीमा आएका छन् ।

नेपालमा यतिबेला धेरैजसो ठाउँहरुमा सरकारले लकडाउनको घोषणा गरेको छ l लकडाउनको बेला अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन सरकारले अनुरोध गरेको छ । नियम पालना नगर्नेलाई नेपाल प्रहरीले कडा कारबाही पनि गर्ने गरेको थाहा पाईन्छ ।

कतिपय बिरामीहरुले अक्सिजनको अभावमा अकालमै ज्यान गुमाउनु परेको अवस्था छ । यिनै कुरालाई मध्यनजर गर्दै तयार पारिएको गायक सुजन बराईलीको कोरोना बिशेष गीत शोकले मरिन्छ कि भोकले को भिडिओ सार्वजनिक भएको छ । पत्रकार एवं गीतकार प्रकाश बराईली ‘अभिब्यक्ति’को शब्दरचना र चर्चित गायक तथा सङ्गीतकार रमेश बिक्रम रत्नको सङ्गीत रहेको यस गीतमा सुजन बराईलीको स्वर रहेको छ ।

यस गीतमा पछिल्लो समयका चर्चित एरेञ्जर रमेश सेञ्चुरीको म्युजिक एरेञ्ज र मिक्सिङ रहेको छ । गीतकार प्रकाश बराईली ‘अभिब्यक्ति’ कै निर्देशन तथा छायाङ्कन रहेको गीतको भिडिओलाई वीरेन्द्र भाट ‘विपिन’ ले सम्पादन गरेका हुन् ।

भिडियोमा लोकप्रिय मोडल शिवन पोखरेल र नारायण सारुको अभिनय रहेको छ । गीतको बजार ब्यवस्थापन मल्लाजी म्युजिक प्रा.लि. ले गरेको छ भने म्याग्देली डिजिटल एण्ड मल्टी मिडिया सेन्टरले दृश्य निर्माण गरेको हो ।