विमल र टिकाको स्वरमा ‘जाम हिँड धनगढी’

-प्रकाश बराईली ‘अभिव्यक्ति’


लोकप्रिय सर्जक/कलाकार बिमलराज क्षत्री र चेत बहादुर सिंह (राजा) को नयाँ गीत जाम हिँड धनगढी सार्वजनिक भएको छ । यस गीतमा बिमलराज क्षत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको स्वर रहेको छ भने बिमलराज क्षत्रीको शब्द, सङ्गीत रहेको छ । यस गीतको एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका हुन् ।

दिलिप ओखेडाको निर्देशन रहेको यस गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाङ्कन र दिन्सन शाहको सम्पादन रहेको छ । यस गीतलाई दोलालघाटको रमणिय स्थलहरुमा छायाङ्कन गरिएको हो । जाम हिँड धनगढी  गीतलाई बिमल चौतारी युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

उक्त गीतको भिडियोमा चेत बहादुर सिंह (राजा), आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेल आदिको अभिनय हेर्न पाईन्छ ।