प्रेमीको बोली र व्यवहार फरक परेपछिको पीडा

तुलसी गिरी ‘भावुक’


वसन्त बित्याशी थापाको शब्दरचना, राजु सिंहको सङ्गीत, फणिन्द्र राईको सङ्गीत संयोजन र गंगादेवी महर्जनको स्वरमा रहेको गीत न आशा भो तिम्रो को भिडियो सार्वजनिक भएको छ l परपल रेकर्डिङ स्टुडियोका प्राविधिक सुमन खड्काले रेकर्ड गरेको यस गीतको भिडियो हाईलाईट्स नेपाल युट्युब च्यानलबाट ४ दिन अघि मात्र बजारमा आएको हो l गीतले बोली र व्यबहारमा फरक परेको, अविश्वास बढ्दै गएको अनि प्रेममा आशा र भरोसा टुटेका भावहरु ब्यक्त गरेको छ l

प्रस्तुत गीतको भिडियो अभिनव जोशीको परिकल्पना तथा निर्देशनमा छायाङ्कन भएको हो l  जसमा सुष्मा कार्की राना र राजिव जंग बस्नेतले प्रमुख कलाकारका रुपमा अभिनय गरेका छन् l नेवा एचडीको पोष्ट प्रोडक्शनमा निर्मित यस भिडियोमा मेघना महर्जनको सह निर्देशन र मनोजरत्न शाहीको सम्पादन रहेको छ l