हृदय हल्लाउने विछोडको पीडा ‘झलिको आउँदैन र ?’

तुलसी गिरी ‘भावुक’


पशुपति म्युजिकले भरखरै खेम सेन्चुरी र शान्तिश्री परियारको स्वरमा रहेको गीत झलिको आउँदैन र ?  को भिडियो प्रकाशित गरेको छ l नेत्र अर्यालको शब्दरचना, खेम सेन्चुरीको सङ्गीत, विनोद बाजुरालीको सङ्गीत संयोजन र खड्क बाजुरालीको मिक्सिङ् रहेको यो गीतले अत्यन्तै माया गर्ने प्रेमी जोडीको कथा पोखेको छ l गीतमा कारणवश एक अर्काबाट टाढा भएका जोडीको हृदयविदारक पीडा यसरी पोखिएको छ, सुन्दै जाँदा गीतले पीडामै नभएकाहरुको मनमा समेत आँधी ल्याउँछ l  शब्द, मेलोडी र गायकीको अत्यन्तै सुन्दर मिलन भएको यो गीत, खेम र शान्तिश्री दुबैको हालसम्मकै उत्कृष्ठ गीतहरु मध्येको एक हुन सक्छ l

कपिल लामाको निर्देशनमा निर्मित यस भिडियोमा गीतका गायक तथा सङ्गीतकार खेम स्वयम्ले सगुन शाहीसँग प्रमुख भूमिकामा अभिनय गरेका छन् l दुबैको अभिनयले गीतको भावलाई जीवन्त बनाएको छ l भिडियोमा प्रदिप घिमिरे, खेम बा, गोमा न्यौपाने, रामजी काप्री, धन आचार्य, बाल कलाकार काव्य घिमिरे, प्रतिक पौडेल आदि कलाकारलाई पनि देख्न सकिन्छ l जसमा दीपक गिरीको सिनेम्याटोग्राफी र शिव पौडेलको सम्पादन रहेको छ l