‘मेरो प्यारो गाउँ’ सार्वजनिक


गायक प्रविन राईको पुर्बेली लोकगीत मेरो प्यारो गाउँ लोकार्पण भएको छ । active entertainment pvt.ltd को आयोजनामा केहीदिन अघि राजधानीमा गीतको लोकार्पण भएको हो । कार्यक्रम वरिष्ठ गायक / सङ्गीतकार तथा निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने समारोहमा वरिष्ठ कलाकारहरु सुवास गजुरेल, उत्तम केसी, निर्देशक अमर ओली, गीतकार शंकर अधिकारी घायल, नायक शितल केसी लगायतको उपस्थिति रहेको थियो । मेलिना राई र प्रविन राईको स्वर रहेको यो गीतमा शब्द र सङ्गीत बिजेन्द्र नौवागेको रहेको छ । किङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको एरेन्ज दिवान किनारले गरेका हुन् ।

आयोजक संस्थाका प्रमुख समेत रहेका सर्जक, कलाकार बिजेन्द्र नौवागेले यस्तो जटिल समयमा पनि कार्यक्रममा उपस्थित भईदिएकोमा सबैलाई हार्दिक नमन गर्दै केही समयमा नै यो गीतको  भिडियो सार्वजानिक गरिने बताएका छन् ।