तीन पुस्ते गीतको रेकर्डिङ सम्पन्न, भिडियो छिट्टै आउने

राजु बोहरा


लोक तथा दोहोरी गीत सङ्गीतको क्षेत्रलाई मात्र व्यावसायिक रुपमा लिईरहँदा पछिल्लो समय आफ्नै कला संस्कृति र मौलिकताको जगेर्नार्थ करिब दुई घण्टाको गीत सार्वजनिक हुने तयारी भईरहेको छ । लगभग एकवर्ष लगाएर तयार गरिएको सो गीतको सोमबार मात्रै औपचारिक रुपमा रेकर्डिङ कार्य सम्पन्न भएको हो । गीत केही दिनमा नै सुनाखरी मल्टी मिडिया फाउण्डेशन प्रालि ले सार्वजनिक गर्ने जानकारी प्राप्त भएको छ ।

गीत हेमन्त शिशिरको सङ्गीत संयोजन तथा माधव थापाको लय / शब्द र परिकल्पनामा तयार पारिएको हो । नदेख्नेलाई देखाउने, बिर्सिएकालाई सम्झाउने र मौलिकताको संरक्षणका निमित्त तयार पारिएको भनिएको सो गीतमा करिब ८० जना भन्दा बढी कलाकारहरुको स्वर सुन्न सकिन्छ । गीतमा अग्रज लोकगायक कुमार बस्नेत, युवा पुस्ताका नवराज घोरासैनीदेखि लिएर पछिल्लो समय सबैको मनको ढुकढुकी बनिरहेकी बाल गायिका आयुष गौतम लगायतले स्वर दिएका छन् । त्यसैले पनि यस गीतलाई निर्माण युनिटले तीन पुस्ते नामकरण गरेको छ ।

गीतमा तीन पुस्ताका कलाकारहरुको संलग्नता भएको कारण पनि नेपाली लोक तथा दोहोरी गीत सङ्गीतको सम्वृद्धिका निमित्त यसले  महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिईएको छ । सुनाखरी मल्टी मिडिया फाउण्डेशन तथा कलाकार माधब थापा माफत प्राप्त भएको जानकारी अनुसार यो गीतको भिडियो अबको केही दिनमा नै निर्माण हुने छ । भिडियोमा गायक / गायिका स्वयम्ले अभिनय गर्ने छन् ।