‘ओम नम: शिवाय’ को भिडियो सार्वजनिक

तुलसी गिरी ‘भावुक’

गीतकार अञ्जना पौडेल ‘अनुश्रुति’ ले केहीदिन अघि मात्र रेकर्ड गरेको शिव भजन ओम नम: शिवाय ओम नम: शिवाय बमबम भोले को फोटो भिडियो युट्युबबाट सार्वजनिक गरेकी छिन् l गएको नागपञ्चमीको दिन भेनस स्टुडियो, महाराजगंजमा रेकर्ड भएको सो गीतमा जीवनमै पहिलोपटक ‘अनुश्रुति’ ले समेत स्वर दिएकी थिईन् l ओम नम: शिवाय ओम नम: शिवाय बमबम भोले बोलको सो भजनमा वरिष्ठ गायिका मिरा राणाको सङ्गीत रहेको छ भने मिरा राणा, हरिशंकर चौधरी, सविन सुवेदी, जितेन्द्र बस्नेत, निशा शिवाकोटी र अञ्जना पौडेल ‘अनुश्रुति’ ले स्वर दिएका छन् l गीतको म्युजिक एरेन्ज विक्रम कार्कीले र रेकर्डिङ धनपाल गुरुङले गरेका हुन् l

करिव ४ बर्ष अघि रेखा पौडेलको सङ्गीत तथा रजिना रिमाल र सन्जिब कुमार पौडेलको स्वरमा आधुनिक गीत भन्दिनँ म तिमीसँगै जिउँछु तिमीसँगै मर्छु रेकर्ड गरी गीतकारको रुपमा औपचारिक यात्रा आरम्भ गरेकी अञ्जनाको रचनामा आधुनिक, लोक तथा लोकदोहोरी र भजन गरी हालसम्म आधा दर्जनजति गीत रेकर्ड भएका छन् भने केही गीत रेकर्ड हुने क्रममा रहेका छन् l ओम नम: शिवाय ओम नम: शिवाय बमबम भोले को भिडियो SRC Films नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ l