देशभक्ति भावमा गीतकार अधिकारीको ‘माटोको सिन्दुर’

तुलसी गिरी ‘भावुक’


गीतकार तारा अधिकारीले देशभक्तिपूर्ण भावको समय सापेक्ष गीत माटोको सिन्दुर सार्वजनिक गरेकी छिन् l भारतीय विस्तारवाद विरुद्ध सर्वसाधारणदेखि सरकारसम्म एक ढिक्का भएको आजको ऐतिहासिक घडीमा गीतकार अधिकारीको यो गीत लिरिकल भिडियोको रुपमा दर्शक / स्रोतामाझ आएको हो l भिडियो गीतकारकै युट्युब च्यानल सुनौलो तारा मा हेर्न सकिन्छ l भिडियो शान थापाको सम्पादनमा तयार भएको हो l

माटोको सिन्दुर मा सुवास भुसालको सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ भने प्रताप दास र अश्मिता अधिकारीले स्वर दिएका छन् l कोरोना महामारीका कारण लकडाउन हुनुभन्दा केहीदिन अघि मात्र एक समारोहबीच सुनौलो तारा शीर्षकको गीति एल्बम रिलिज गरेकी गीतकार अधिकारीले लकडाउन सुरु भएयता लगातार लिरिकल भिडियोहरु सार्वजनिक गरिरहेकी छिन् l असहज परिस्थितिका कारण छयाङ्कन गर्न नसकिएकोले निरन्तरताको लागि लिरिकल भिडियो निकाल्नुपरेको कुरा गीतकार अधिकारीले जानकारी गराएकी छिन् l