केशव भट्टराई, दीपक क्षेत्री र आनन्द थापाको सम्झनामा श्रद्धा*ञ्जली सभा

दिव*ङ्गत चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता तथा वरिष्ठ कलाकार केशव भट्टराई लगायत वरिष्ठ कलाकार द्वय दीपक क्षेत्री र आनन्द थापालाई श्रद्धा*ञ्जली दिन पुष ११ गते शुक्रबार चलचित्र विकास बोर्डको सभाकक्षमा विशेष श्रद्धा*ञ्जली सभाको आयोजना गरियो । चलचित्र क्षेत्रसँग सम्बन्धित बिभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा आयोजना गरेको सो श्रद्धा*ञ्जली सभामा दिव*ङ्गत तीनैजना कलाकारहरुको योगदानको स्मरण गरियो ।

दिव*ङ्गत चलचित्र विकास बोर्ड अध्यक्ष केशब भट्टराइको १३ औ पुण्य तिथिका अवसरमा आयोजना गरिएको सो कार्यक्रममा चलचित्र विकास बोर्डमा सदस्य सचिव महेन्द्रप्रसाद साँखीले बोर्ड अध्यक्षका रुपमा भट्टराईले गरेका कामको स्मरण गरेका थिए । साँखीले भट्टराईकै पहलमा चलचित्र स्टुडियो निर्माणका लागि बनेपामा २९ रोपनी जग्गा छनोट भएको र त्यस ठाउँमा स्टुडियो निर्माणको काम समेत सुरु हुन लागेको कुरा जानकारी गराएका थिए । भट्टराईकै पहलमा मोफसलका सिनेमा हलहरुमा बक्स अफिस लागू गर्ने अभियान समेत सुरु भएको पनि साँखीले बताएका थिए ।

दिव*ङ्गत अध्यक्ष केशब भट्टाराईको सम्झनामा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिका साथै चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरु शम्भूजीत बाँस्कोटा, कृष्ण मल्ल र राजकुमार राईले पनि आफ्ना भावनाहरु पोखेका थिए । वरिष्ठ सिनेमा निदेर्शक तुलसी घिमिरेले आफूले निर्देशन गरेको चलचित्र कोशेलीबाट दिव*ङ्गत भट्टराईले चलचित्र जगतमा प्रवेश गरेको स्मरण गर्दै एक उत्कृष्ठ कलाकारको रुपमा उनको  सम्झना गरे ।


दिव*ङ्गत तीनै जनाको सम्झना गर्दै बोर्ड सदस्य दयाराम दाहलले चलचित्र जगतका बिभिन्न संस्थाहरु एकै ठाउँमा शोक सभाको लागि भेला भए जस्तै चलचित्र क्षेत्रको विकासका लगि पनि एकजुट हुनुपर्ने धारणा राखे । दाहलले भट्टराईले चलचित्र क्षेत्रको विकासका लागि बिभिन्न महत्वाकांक्षी योजनाहरु बनाएको जानकारी गराउँदै उनले परिकल्पना र सुरुआत गरेका योजना र कार्यक्रम सफल बनाउनका लागि लागिपर्ने बताए । राम्रो कामको योजना बनाउँदा बनाउँदै एउटा सहकर्मी गुमाउनुपर्दाको पीडाले आफूलाई मर्मा*हत बनाएको दाहलको भनाई रहेको थियो ।

गत कात्तिक २९ गते राती चलचित्र विकाश बोर्डका अध्यक्ष समेत रहेका चलचित्र निर्माता तथा कलाकार केशव भट्टराईले हृदय*घा*तका कारण असामयिक देह त्याग गरेका थिए l ५१ बर्षीय भट्टराई एक बैबाहिक कार्यक्रममा सहभागी भई घर फर्कंदै गर्दा उनी बाटैमा बेहोश भएका थिए l उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्याइए पनि डाक्टरले उनलाई मृ*त घोषणा गरे l लामो समय अघिदेखि चलचित्र निर्माण तथा अभिनयमा सक्रीय रहँदै आएका भट्टराई करिव ८ महिना अघि मात्र चलचित्र विकाश बोर्डको अध्यक्षमा नियुक्त भएका थिए l उनले आफ्नो मान्छे, छोडिगए पाप लाग्ला, देवर बाबु, कर्मयोद्धा, सो सिम्पल, ब्रासलेट लगायतका चलचित्र निर्माण गरेका थिए भने दर्जनौं चलचित्रमा अभिनय गरेका छन् l ६ दाजुभाइ मध्येका एक भाइ भट्टाराईका आमा, एक छोरा र एक श्रीमती छन् l यसैगरी अर्का कलाकार दीपक क्षेत्रीले पनि कात्तिक २९ गते नै यो संसार संदाका लागि छाडेका थिए l केहीबर्ष अघिदेखि घाँटीको उपचार गराईरेका ५८ बर्षीय कलाकार क्षेत्री आफ्नै घरमा सुतेकै ठाउँमा मृ*त भेटिएका थिए l क्षेत्रीले सेतो सूर्य, सिमाना, राज्जा रानी, मसान लगायतका चलचित्रमा अभिनय गरेका थिए l  उनका श्रीमती, एक छोरा र एक छोरी छन् l

पुष १ गते अर्का कलाकार आनन्द थापाको दे*हान्त भएको थियो l ८० बर्षीय थापा करिव २ बर्ष अघिदेखि प्यारालाईसिसबाट पीडित थिए l लामो समयदेखि रङ्गमन्च, टेलि तथा ठूलो पर्दाका चलचित्रमा क्रियाशील रहँदै आएका कलाकार थापाले श्यामश्वेत चलचित्र ‘मनको बाँध’ बाट अभिनय यात्रा सुरु गरेका थिए भने त्यसपछि कुमारी, कान्छी, मायाप्रीति, राज, प्लान, बरदान लगायतका चलचित्रमा अभिनय गरेका थिए l प्यारोडी गायक समेत रहेका उनले केही नाटक तथा टेलिफिल्मको लेखन तथा निर्देशन समेत गरेका थिए भने केही म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए l