सत्य, तथ्य र निष्पक्ष पत्रकारिता आजको आवश्यकता

डा. डीआर उपाध्याय


नेपाल पत्रकार महासंघको निर्वाचन चैत्र २५ गते सम्पन्न भएको छ । यो संगै आज देश भरीको मत गणना पनि सार्वजनिक भइरहेको छ । सञ्चार क्षेत्र भनेको समाजको एैना हो । जसरी हामी एैना अगाडी उभिएर आफनो अनुहार देख्छौ, त्यसै गरि समाजले पनि सञ्चार माध्यम मार्फत सवै कुरा देख्छन । त्यसैले सञ्चार क्षेत्र भनेको समाजको एैना भनेको हो । आज सञ्चार क्षेत्र किन बिश्वश्नीय र निष्पक्ष हुन सकिरहेको छैन । पत्रकारहरु सत्य तथ्य र निष्पक्ष हुनु पर्छ । आज पत्रकारहरु धेरै आलोचित बनिरहेका छन । कारण के हो भने पत्रकारहरुले आफनो मर्यादा बिर्सदै गएका छन । पत्रकारितामा आचार संहिता हुन्छ, त्यो आचार संहितालाई धेरैजसो पत्रकारहरुले उलंघन गरिरहेका छन ।

हाम्रो देशमा पत्रकारको नाम बेचेर ब्यालेकमेलिङ गर्नेहरुको पनि कुनै कमी छैन । यस्ता ब्यालेकमेलिङ गर्ने पत्रकारहरुले धेरै पैसा पनि कमाएका छन । पैसै कमाउनका लागी पत्रकारिता गर्नु पदैन । कुनै व्यापार ब्यवसाय गरे भो नी । आज पत्रकारिता जगत जसरी बदनाम भएको छ यो एउटा देशको लागी गम्भिर चुनौति हो । सत्य, तथ्य र निष्पक्ष पत्रकारिता हुनु पर्छ भनेर भनिन्छ तर व्यवहारमा पत्रकारिता होइन, पार्टीकारिता गरिन्छ । यो लज्जाको बिषय हो । भनिन्छ, अहिले चलेको पत्रकारिता की पार्टीकारिता ? यो प्रश्न गम्भिर छ । अनि कसरी सत्य, तथ्य र निष्पक्ष पत्रकारिता हुन्छ । कुरा मात्र गर्ने हो की काम पनि गर्ने हो ? आज देशमा जुन किसिमको पत्रकारिता चलिरहेको छ, यसरी देशको परिवर्तन हुदैन । अवको युग भनेको सक्षम र योग्य पत्रकार जन्माउने युग हो । अव भनेको प्रविधिसंग खेल्न सक्ने पत्रकारहरुको मात्र खाँचो छ । छिन छिनमा समाचार दिनु पर्ने बेला हो यो । अव ढिला गरेर दिएको समाचार बासी हुन्छ । यो कुरामा नेपालका सञ्चार माध्यम सचेत र जागरुप हुनु पर्छ ।

आज बिश्वको सञ्चार जगत कहां देखि कहाँ पुगि सक्यो हामी जहाँको त्यही छौं । यो लाज लाग्ने कुरा होइन । जसले टाइप गर्न सक्दैन , समाचार लेख्न सक्दैन, उसैले आफूलाई ठूलै पत्रकार देखाउँछ । त्यसैले जगत हाँसेको छ । आज देश प्रविधिमैत्री छ , तर पनि यसको सहि सदुपयोग गर्नु पर्छ । हामीले सहि सदुपयोग गर्दा यसवाट धेरै फाइदा पनि पाएका छौ । सञ्चार क्षेत्रको कुरा गर्दा आज भोली टेलिभिजन हेर्ने भन्दा युट्युव हेर्नेको जमात बढि छ । अखवारको समाचार हेर्ने भन्दा अनलाईन समाचार हेर्नेको भिड छ । समाचार लेख्नै नसक्ने र टाइप गर्न नजान्ने पत्रकारहरुको पनि हाम्रो समाजमा बिगविगी छ । सवै भन्दा ठूलो कुरा उनै गर्छन । कसरी पत्रकारको बिश्वास गर्ने ? यसरी नेपालको पत्रकारिता चल्दैन । अव केहि सोच्नु पर्छ ।

हावादारी पत्रकारीताले समाज वदल्न सक्दैन । यस्ता पत्रकारिताले समाजलाई भ्रम मात्र सिर्जना गर्छ । के समाचार लेख्ने कस्तो समाचार छाप्ने भन्ने नै जानकारी नभएका धेरै पत्रकार मैले भेटेको छु । अरु के कुरा गर्ने ? अव पत्रकार साथीहरु गम्भिर बनौ । पत्रकारिता पेसा भनेको संवेदनशील र जिम्मेवार पेसा हो । यो पेसालाई हल्का लिनु हुदैन । यो पेसालाई मर्यादित र व्यवस्थित बनाइनु पर्छ । जव सम्म यो पेसा मर्यादित र व्यवस्थित हुदैन तव सम्म समाज रुपान्तरण हुन सक्दैन । समाज रुपान्तरणका लागी पत्रकारिताको ठूलो भूमिका रहन्छ । यो कुरामा सवै सचेत बन्नु पर्छ । बिगतमा जे जति राजनीतिक परिवर्तन भए त्यसमा ठूलो भूमिका भनेको सञ्चार जगतको पनि रहेको छ । सञ्चार जगत भनेको परिवर्तनको संवाहक हो । यसलाई सानो तिनो शक्ति मान्नु हुदैन । यसको ठूलो शक्ति छ । सञ्चार क्षेत्र भनेको अजय शक्ति हो ।