समय घर्किसकेपछि पछुताएर हुनेवाला केही छैन

डा. डीआर उपाध्याय


सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लामो समयदेखिको आन्तरिक द्वन्द्वले यथिवेला मुलकको राजनीतिक क्षितमा नै काला बादल मडारिएको देख्न सकिन्छ विकसित घटनाक्रमले । कोरोना भाइरस (कोभिड–१९) ले निम्ताएको महामारीको असामयिक परिस्थितिमा मुलुक हाँकिरहेको जिम्मेबार पार्टी नै मूल दायित्व बिर्सेर आन्तरिक द्वन्द्वमा केन्द्रित हुँदा आमजनतामा आक्रोश र निराशा पैदा भएको छ यतिबेला । पछिल्ला दिनमा नेकपाका दुई अध्यक्षबीच देखिएको आपसी वाकयुद्धले कतै पार्टी फुटको संघारमा त छैन भन्ने भान हुन थालेको छ । यद्यपि, पार्टी भित्रका दोस्रो र देस्रो तहका नेताहरू पार्टी एकतालाई जोगाउनुको विकल्प नभएको भन्दै निरन्तर पहलकदमी अगाडि बढाइरहेका छन् । पार्टीं भित्रको किचलो छताछुल्ला भएर बाहिर आइरहँदा आम कार्यकर्तामा निराश बनेका छन् यतिबेला । प्रमुख दलभित्रको यो किचलो बढ्दै जादा अहिलेसम्म प्राप्त उपल्बधि नैगुम्ने पो हो कि भन्ने चिन्ता बढाएको छ अर्कोतिर । यो विषयमा नेकपा गम्भिर बन्न जरूरी छ । एउटा जिम्मेबारपार्टीले आफ्नो जिम्मेबारी बाट पछि हटनु भनेको इतिहासप्रति घोर बेइमानी हुन जान्छ । यसतर्फ सम्बन्धित जिम्मेबार पार्टीको नेतृत्वले समयमै सोच्नु आवश्यक छ ।

नेकपा भित्रको विवाद के हो ? किन विवाद भइरहेको छ ? विचार, नीति सिद्धान्तको लडाई हो कि सत्ता स्वार्थको लडाई हो ? यो कुरा नेकपाले प्रष्ट पार्नुपर्छ । देशको विकास, समृद्धि र सुशासन कायम हुन्छ भन्ने विश्वासले जनताले नेकपा बन्न भन्दा अघिको गठबन्धनलाई आम निर्वाचनमा झण्डै दुई तिहाईको बहुमत दिए, त्यो जनताको विश्वास हो । सरकारमा गएपछि जनताको विश्वासलाई कुल्चेर अघि बढनु भनेको आमजनमतको अपमान हो ।

पूर्व एमाले र पूर्व माओवादी केन्द्र बाम गठबन्धन गरेर चुनावमा नगएको भए बहुमत आउने थिएन । बाम गठन्धनलाई जनताले मन पराएर चुनावमा बहुमत दिएका हुन् । छुट्टा छुट्टै चुनाव लडेको भए यो बहुमत आउने कल्पना पनि थिएन । यो कुरालाई संमिक्षा गर्न जरूरी पार्टीका जिम्मेबार नेतृत्वगर्णले । पूर्व एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सहमतीले नेपाल कम्युनिस्ट पार्टी नेकपा बन्न सफल भएको हो । दुई अध्यक्षबीच भएको सहमती कार्यान्वयन हुने हो भने नेकपा विवाद समाधान हुन्छ ।

अहिले दुई अध्यक्षबीच दुरी बढेको अवस्था छ । यसरी मूलुकको भाग्य र भविष्य निर्माण हुन सक्दैन । हिजो जनतालाई जुन किसिमको आश्वासन दिएर सरकार बनाउने अवसर मिल्यो त्यसअनुसार काम हुन सकेको छैन । यतिवेला नेपाली जनता नेकपा भित्रको कलह देखेर निराश छन् । जनतालाई आशा जगाउने कुनै प्रयाश हुन सकेको छैन । आम जनता कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट आक्रान्त र आतङ्कित छन् । सत्तारूढ दल नेकपा र त्यसको नेतृत्वमा बनेको सरकार कोरोनाको महामारीलाई नियन्त्रणमा ल्याउने कार्यमा जुटनु पर्ने हो, यतातिर न पार्टीको ध्यान नै पुगेको छ न त सरकारको नै । जनताले गुहार माग्ने भनेको आपत वितपतको बेलामा नै हो । यस्तो आपतको बेलामा सरकारले जनतालाई कुनै वास्ता गरेको छैैन ।

सरकारलाई गाली गर्ने मेरो मनसाय होइन, सरकार सही ढङ्गले चलनुपर्‍यो भनेको हो । सत्ता स्वाथएको राजनीति छेडेर देश र जनताको पक्षमा राम्रो काम गर भनेको हो । विगतका सरकारले राम्रो काम गर्न नसकेर बाम गठबन्धनलाई जनताले बहुमत दिएका हुन् । त्यो कुरा अहिले नेकपाले सरकारमा गएपछि सबै कुरा बिर्सिदिएको छ । सही ढङ्गले पार्टी र सरकार चल्नुपर्‍यो भन्ने हाम्रो चहाना नै हो ।

पार्टीबीचको यो विवादले नेकपालाई कता लाने हो त्यो अहिले भन्न सकिने अवस्था छैन । समयमै समस्या समाधानतिर केन्द्रित भई भविस्यमा हुन सक्ने दुर्घटनालाई बचाउने भनेको पार्टी नेतृत्वले नै हो, यसको नेतृत्व गर्नेले नै हो । अन्यथा समय घर्किसकेपछि पछुताएर हुनेवाला केही छैन । समयमै हुनसक्ने दुर्घटनाबाट बचाउनुनै कुशल नेतृत्व हो । सरकारले विगत अढाई वर्षमा गरेका काम कारवाहीप्रति पनि प्रश्न उठेका छन्, त्यसलाई विशेष ख्याल गरेको पनि पाइँदैन । जनचासोका विषयमा केन्द्रित हुँदै आन्तरिक द्वन्द्वलाई साम्य पार्ने मुख्य जिम्मेवारी नेतृत्वमा हुनुपर्छ । अन्यथा इतिहासले माफ गर्ने छैन । चेतना भया ।