एमाले एकतामा सकस

-डा. डी.आर. उपाध्याय


नेकपा एमाले भित्रको बिवाद अझै सुल्झन सकेको छैन । एमाले एकतामा सकस देखिएको छ । बिवाद मिलाउन बनेको कार्यदलको बैठक निरन्तर बसिरहेको छ । तर सार्थक परिणाम भने कार्यदलले अझै निकाल्न सकेको छैन । एमाले विवादलाई समाधान गरेर अघि बढ्दा नै राम्रो हुन्छ । ओली, माधवबीच कुरा मिल्नेबित्तिकै समस्या हल हुन्छ । माधव नेपाल समूह एकताका लागि गम्भिर बन्नु पर्छ । समस्या काहाँ हो मिलेर समाधान गर्नु पर्छ । माधव नेपाल समूहभित्रका केही युवानेता पार्टी विभाजन गर्नु हुँदैन भन्ने पक्षमा छन् । एमालेभित्र जुन प्रकारको गुटबन्दी र अराजकता देखिएको छ, त्यो राम्रो कुरा होइन ।

आम नेता कार्यकर्ता नेकपा एमाले मिलेको देख्खन चाहन्छन् । पार्टीभित्रको अन्तरसंघर्षलाई पार्टीको विधि र प्रक्रियाबाट हल गरेर जानु पर्छ । पार्टीभित्र दुस्मनीपूर्ण ब्यवहार देखाउनु पनि राम्रो होइन । एमालेको नवौं महाधिवेशनमा माधव नेपाल ओलीसँग अध्यक्षमा पराजित भएका हुन् । त्यसपछि नेपाल ओलीसंग टाढिदै आएका छन् । नेपालले पार्टीभित्र देशभर समानान्तर संगठन सञ्चालन गदै आएका छन् । यसले एमालेको आन्तरिक जीवन संकटपूर्ण हुँदैछ । पाटीलाई संकटतर्फ कसैले धकल्न हुँदैन । पाटी ठूलो मिहिनेतले बनेको हुन्छ । पाटी निर्माणमा आम नेता कार्यकर्ताको त्याग, तपस्या र बलिदान छ । पाटी निर्माण त्यसै भएको होइन । शीर्ष नेताको सनकले पाटी बर्बाद गर्नु उचित हुदैन । पाटी मिलाएर लैजानु पर्छ ।

एमाले बिभाजन गर्न केहि तत्व खुलेर लाएका छन् ।सवैमा आ-आफनो स्वार्थ छ । स्वार्थको राजनीतिले मुलुक बर्बाद हुँदैछ । मुलुक बचाउन नेता गम्भिर हुनु पर्छ । पछिल्ला दिनमा एमाले जोडिने सम्भावना पनि देखिएको छ । यो अहिलेको आबश्यकता पनि हो । बिगतका तिता कुरा बिर्सिएर मिल्ने कुरामा एमालेका नेताहरुको ध्यान केन्द्रित हुनु पर्छ । नेकपा एमाले नमिले देशले हार्ने छ । नेता हारेर भएपनि देशले जित्नु पर्छ । नेताहरुले यो संकल्प गर्नु पर्छ । यदि नेताहरुले संकल्प गर्न सकेनन् भने भोली पछुताउने बाहेक अर्को कुनै बिकल्प हुने छैन ।

नेकपा एमाले नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहको रूपमा अगाडि बढ्नु पर्छ । शीर्ष नेताहरूले यो उद्घोष गर्नु पर्छ ।पछिल्लो समय आएर नेता कार्यकर्तामा व्यापक निराशा पैदा भएको छ । अहिले नेपाली राजनीति अस्थिरताको दिशातिर उन्मुख हुँदैछ । अस्थिर अवस्था आउनुका पछाडि एकताको आधार कमजोर भएर हो । सत्ता स्वार्थको राजनीतिले देश बर्बाद भयो । अव सोच्ने बेला भयो । एमालेभित्रको यो गुटगत लडाईंले कसैलाई फाइदा छैन । अहिले एमाले भित्र संवाद सहमति गरेर पाटीलाई बलियो बनाउने बेला हो । पाटी कमजोर भए नेताको भविश्य छैन । आगामी निर्वाचनमा जनताले को नेता कस्तो भन्ने कुरा फैसला गर्नेवाला छन । त्यो दिन नजिकै आउँदै छ । कसैले घमण्डको राजनीति नगरे हुन्छ ।