साथ नदिए नेपाल आफैं सकिन्छन्

– डा.डी.आर.उपाध्याय


प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुकै दिनमा कोभिडविरुद्ध सबै नेपालीलाई खोप लगाउने निर्णय गरेका छन् । अहिले सबै नेपालीको प्रमुख चाहना भनेकै कोरोना विरुद्धको खोप लगाउनुमा रहेको छ । देउवा आम नेपाली जनताका आशाका केन्द्र बनेका छन् । मलाई मन पर्ने नेता शेर बहादुर देउवा हुन् । किनभने उनी अरु नेता भन्दा इमान्दार छन् । देउवा अनुभवी प्रधानमन्त्री पनि हुन् । उनी नेपाली जनतालाई राम्रो ख्याल गर्छन् । देउवा लप्पन छप्पन नभएका नेता हुन् । उनी पढे लेखेका नेता हुन् । उनी औंठाछाप होइनन् ।

मुलुक औठा छापले चल्दैन । उनी बढी मिडियामा आउन चाहदैनन् । देउवा जे बोल्छन् त्यो गर्छन् । यो कुरा मैले बुझेको छु । ओली राजको अन्त्य भएको छ । ओली अहंकारी थिए । त्यही अहंकारले ओली सकिए । ओली सकिनु पर्दथ्यो, सकिए ठिक भो । जनताले ओली मन पराएका थिएनन् । उखान टुक्काले देश चल्दैन । देश बनाउन भिजन चाहिन्छ । ओलीमा भिजन देखिएन । ओली देश चलाउने क्षमता भएका ब्यक्ति होइनन् । मैले सुरुदेखि नै भन्दै आएको छु । यसरी देश चल्दैन ।

मैले दिएको सुझाव अनुसार देश चलाउने हो भने नेपाल बिश्वमा नाम चल्ने देश हुने छ । तर हाम्रो सुझाव कसैले मान्दैनन् । कमसेकम पढे लेखेका मान्छेको कुरा सुन्ने हो भने देश बन्छ । हाम्रा कुरा कसैले सुन्दैनन् । समस्या यो हो । जे भएपनि नेताहरु अव गम्भीर बन्नु पर्छ । जनतालाई दु:ख दिएर गरेको राजनीतिले कसैलाई फाइदा गदैन । यो कुरा नेताले बुझ्नु पर्छ । ओलीले त कुरो बुझेनन् । अव देउवाले कुरा बुझनु पर्छ । जनता धेरै सचेत छन् । जनतालाई भ्रममा पार्ने युग सकियो । त्यो सपना अव कसैले नदेखे हुन्छ । ओलीले जनतालाई सास्ती दिएका थिए । अव देउवाले दिनु हुँदैन । जनताको लोकप्रिय हुन देउवा अघि बढ्नु पर्छ । जनताले देउवा मन पराएका छन् । देउवा लोकतन्त्रका लागि लडेर आएका नेता हुन् ।

लोकतन्त्र बचाउन देउवाको ठूलो भूमिका छ । जसले जे भने पनि देउवा इमान्दार नेता हुन् । अवको समयमा माधव नेपालले देउवालाई साथ दिनु पर्छ । बिचमा आtएर नेपालले धोका दिए नेपाल आफै सकिन्छन् । यो कुरा मैले सुरुमै भनिसकेको छु । ओली अव सकिए । अव माधव नेपालको भविष्य छ । लामो त्याग तपस्या गरेका माधव नेपाल लोकप्रिय नेता हुन् । अव उनको हातमा नै यो सरकार बचाउने जिम्मा छ । उनी कसरी अघि बढ्छन् त्यो भने हेर्न बाँकी छ ।

अव मुलुकलाई जनताको हित गर्ने सरकारको खाँचो छ । अहिले मुलुकमा कोरोना भाइरसको माहामारी छ । यो सवैको चिन्ताको बिषय हो । नयाँ सरकारले सबै नेपालीलाई कोरोना खोप लगाउने निर्णय गरेको छ । यो राम्रो कुरा हो । नयाँ सरकारले आशा जगाएको छ । अव सरकारले दृढ प्रतिबद्धता, इमानदारिता देखाउन जरुरी छ । ओली जस्तो भएर देश चलाउन समस्या हुन्छ । ओलीमा नैतिकता भन्ने कुरै थिएन । ओलीराजमा नागरिकले मुलुकमा वास्तविक रूपमा सरकार भएको अनुभूति गर्न सकेनन् । सत्ता र शक्तिको आडमा टिकेको ओली सरकार समाप्त भएको छ । यो नै खुशिको कुरा हो । ओलीले विकास निर्माणका काम केही गर्न सकेनन् । कुरा ठूला काम साना । कुरा यही हो ।

अव नेताहरु पारदर्शी हुनु पर्छ । राजनीति फोहोर खेल भो । यसलाई शुद्ध गर्न सवै लाग्नु पर्छ । मुलुकको हितका लागि सवै जुट्नु पर्छ । राजनीतिक कुनै व्यापार व्यावसाय होइन । तर राजनीतिलाई ब्यापार बनाइयो । मलाई यो मन पदैन । जनता ठग्ने नेताको अव काम छैन । अव मुलुक सञ्चालन गर्न दुरदर्शी नेताको खाँचो छ । प्रधानमन्त्री देउवाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई मनैदेखि आत्मसात् गर्नुपर्छ । मुलुक अव सहि ढंगले अघि बढ्छ ।

देउवा सरकार अव विशेष योजना र कार्यक्रमसहित अघि बढ्नुपर्छ । हाम्रो देश नेपाल बर्षौंदेखि कुशासनको चक्रमा पिल्सिँदै आएको छ । स्थानीय तहमा मनपरी खर्च गर्ने प्रवृत्ति ह्वात्तै बढेको छ । नियमविपरीत खर्च गर्दासमेत कारबाही गर्ने परिपाटी छैन । नयाँ प्रधानमन्त्रीका रूपमा आएका देउवाले भ्रष्टचारीलाई कारबाही गर्ने प्रतिबद्धता मात्रै होइन व्यवहारमा नै कारबाही गर्ने परिपाटीको विकास गराउन जरुरी छ । यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तदारुकता देखाउनुपर्छ । उच्चस्तरको संयन्त्र बनाएर भ्रष्टाचारविरुद्धको महाअभियान थाल्नुपर्छ । प्रधानमन्त्रीले जुनसुकै हालतमा पनि भ्रष्टाचारीलाई आवश्यक कारबाही गर्न पछि हट्नु हुँदैन ।