–डा. डीआर उपाध्याय
पटक पटकको राजनीतिक परिवर्तन पछि देशमा गणतन्त्र र लोकतन्त्र आएको छ । यसका साथै हामी अहिले संघीयताको अभ्यासमा छौ । यो संघीयता देशका लागी अलि बढी महंगो भयो की भन्र्ने बहस पनि चलेको छ । हामीले देखिरहेका छौ की आज यो व्यवस्था आएपछि राजनीतिक दल र तिनका नेताहरु मोटाउने र सर्वसाधारण जनता ऋण बोक्ने बाहेक अरु केहि भएको छैन । राजनीतिक व्यवस्था परिवर्तन हुनु समयको माग थियो । तर राजनीतिक व्यवस्था परिवर्तन भएपछि जनताले जे अपेक्षा गरेका थिए, त्यो भने पाउन सकेका छैनन् । यो नै दुखद कुरा हो । नेपाली जनता आफैं राजनीतिक परिवर्तनका लागी लडेर आएका हुन् । सत्तारुढ दल नेकपा एमालेले देश र जनताका लागि जे जति सेवा गर्नु पर्ने थियो, त्यो भने गर्न सकेको छैन । कारण के हो भने नेकपा एमालेभित्र आन्तरिक विवाद चरम रुपमा बढेर गएको छ । यसले देश र जनतालाई मात्र होइन, एमालेलाई समेत संकटमा पारेको छ ।
नेकपा एमाले मिलेर जानु पर्नेमा विावाद गर्नु त्यति राम्रो कुरा होइन । आम जनता नेकपा एमालेको कार्यशैली देखेर निराश बनेका छन् । जनता निराश हुनु भनेको व्यवस्था माथिको नै खतरा हो । सकेसम्म जनतामा निराशा आउन दिनु हुदैन । यो कुरा म बारम्वार भनिरहेको छु । आज देश बिचौलियाको घेराभित्र छ । यसरी देशको उन्नति, प्रगति हुदैन । देश बनाउने सोच सवैमा हुनु पर्छ । आज देशमा सार्वजनिक सेवा प्रवाह त्यति सन्तोषजनक भैरहेको छैन । आफ्ना मान्छेलाई खुसी बनाउने बाहेक अरु केहि देखिएको छैन । यसरी जनताको भलाई हुदैन । जनताले लडेर ल्याएको व्यवस्था हो यो । नेताहरुले मनपरी गर्न पाइदैन ।
जनताले बिश्वास गरेर नेतालाई चुनाव जिताउँछन । तर चुनाव जिति सके पछि जनतालाई बिर्सने बानी नेताहरुको छ । यसले गर्दा देशमा असन्तुष्टि बढ्ने गर्छ । जनप्रतिनिधिहरुले आफना जनतालाई सन्तुष्टि हुने खालको काम गरेर देखाउनु पर्छ । त्यसो भयो भने मात्र लोकप्रियता बढन सक्छ । जनप्रतिनिधिहरु दलाल र बिचौलियाको घेरा टोडेर अघि बढनु पर्छ । त्यसो भयो भने मात्र जनताले राहत पाउँछन । बेरोजगारलाई काम दिने भनियो, तर बेराजगारले काम पाएका छैनन् । अझै बेरोजगारी समस्या बढ्दै गएको छ । दलकै आसे पासे नाता गोता आफना कार्यकर्ता बाहेक अरुले रोजगार पाउँन धेरै मुस्किल छ नेपालामा ।
देशमा जति राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । सरकारी प्रशासन जनताको पहुँच बाहिर छ । सेवा कतै निःशुल्क छैन । अस्पतालहरू, शैक्षिक संस्थाहरू बिचौलिया र व्यापारीको घेरामा छन् । देशमा जे जति परिवर्तन भयो त्यसको प्रतिफल जनताले पाउन सकेका छैनन् । संसारबाट कम्युनिस्ट पतन भएका थुप्रै उदाहरण छन । कारण के हो ? नेतृत्वको व्यक्तिगत टकराव । कम्युनिष्टले बिकास गरेको देश भनेको चीन हो । बिश्वको तुलनामा चीन कसरी अघि बढ्यो । चीनमा अनुशासन , इमानदारिता र सुशासन छ । उद्योग र आर्थिक क्रान्ति नै भएको छ र पुँजीवादी अमेरिकासँग टक्कर गर्न सकेको छ । नेपालका कम्युनिस्टहरू नामधारी भए, व्यवहार र नीति कम्युुनिस्ट भएन । नैतिकता, इमानको अभाव हुनु भनेको कम्युनिज्म हराउनु हो । जनताको टाउकोमा ऋण र महँगीको भार थपिएको छ । कम्युनिष्ट भनेको सर्वहारा बर्गका जनताको सेवा गर्ने पार्टी हो भनेर भनियो । तर ब्यवहारमा त्यस्तो देखिएन । त्यही बिश्वासमा जनता कम्युनिष्ट पार्टीमा लागे । अव कम्युनिष्टहरुले सोच्ने बेला आएको छ । नेपालका सवै कम्युनिष्ट घटकहरु मिलेर एउटै कम्युनिष्ट पार्टी बनाइ देशमा बिकासको फडको मार्नु पर्ने देखिन्छ । फुटेर टुटेर कुनै कम्युनिष्ट पार्टीलाई फाइदा छैन ।