बाढीपहिरोले धनजनको क्षति

-डा. डी. आर. उपाध्याय


देशको बिभिन्न स्थानमा लगातार वर्षा हुँदा बाढी तथा पहिरोले धन जनको क्षति पुर्याउँदै गइरहेको छ । अहिले सवैको ध्यान बाढी प्रभावित क्षेत्रमा केन्द्रित छ । दैविक प्रकोपले देशको बिभिन्न स्थानमा मानवीय क्षेतिका साथै धन जनको क्षति भएको छ, यो दुखद कुरा हो । बाढी पिडीतलाई जसले जे सकिन्छ राहतको ब्यवस्था मिलाउन अव ढिलाई गर्नु हुदैन । विस्थापित नागरिकलाई पुनःस्थापित गर्ने कुरामा सरकारको ध्यान छिटो भन्दा छिटो पुग्नु पर्छ । अहिलेको मनसुनी वर्षा निकै बढी हुन सक्ने संकेत दिइसकेको छ । तरपनि प्राकृतिक विपद् रोक्न सकिनेगरी कुनै पूर्व तयारी भएको देखिएन । प्राकृति विपद व्यवस्थापन फितलो देखियो । सकिने जति र सम्भव भए जति प्रयास र अग्रिम व्यवस्थापन हुनु पर्दथ्यो । त्यो देखिएन ।

लगातारको चारदिने अविरल वर्षाले देशका विभिन्न ठाउँमा क्षति पुर्याईसकेको छ । पूर्व नेपालको सिन्धुपाल्चोकमा सातजना मानिस बाढीबाट हराइसकेका छन् भने पश्चिम लमजुङमा ११ घर बाढीपहिरोले बगाएर ठूलो जनधनको क्षति पुर्याएको छ । त्यसैगरी, हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङ पनि प्रभावित भएका छन् । यो वर्षा सात दिनसम्म लगातार भइरहने अनुमान गरिएको छ । यसले अझ कति क्षति पुर्याउने हो कुनै ठेगान छैन । तत्कालका लागि बाढीपहिरोबाट हराएकाहरुको खोजी र पीडित परिवारलाई राहतको व्यवस्था गर्नुपर्छ । जोखिमयुक्त बस्तीहरू सुरक्षित स्थानमा अस्थायी रूपमा सार्नुपर्छ र पीडितलाई सेवा सुविधा प्रदान गर्न तत्काल आवश्यक सामग्रीको व्यवस्थापन गरिनुपर्छ ।

मनसुन लम्बिने संकेत देखिएको छ । त्यसलाई ख्याल गरी देशभरका बाढी, पहिरो र डुबानबाट सम्भावित बढी जोखिमयुक्त क्षेत्रका लागि बजेट तथा जनशक्तिहरूको समयमै व्यवस्थापन गरिनुपर्छ । यो कुरामा सरकार गम्भिरताका साथ लाग्नु पर्छ । अघिल्ला वर्षहरूमा पनि बाढी पहिरोले सिन्धुपाल्चोक निकै प्रभावित भएको थियो । यस वर्ष पनि सिन्धुपाल्चोक र यसका आसपासका जिल्ला बाढी पहिरो प्रभावित हुने देखिएको छ । सिन्धुपाल्चोक लगायत वरपरका जिल्ला निकै जोखिममा छन् । यस वर्षको मनसुनी अव सुरु हुँदैछ । अझै ठूलो क्षति पुर्याउने आशंका गरिएको छ ।

देशैभर जोखिमका क्षेत्र धेरै छन् । हाल जनधनको क्षति भइरहेका जिल्लामा तुरुन्त राहत पुर्याउने काम गर्नु पर्छ । जोखिम वस्तीको अस्थायी बसोबास मिलाउने काम गर्नु पर्छ । सम्भावित जोखिमयुक्त क्षेत्रको अध्ययन गरी जोखिम न्यूनीकरणका लागि प्रयास गर्नु पर्छ । जोखिम निम्तिनु भन्दा पहिला त्यसको व्यवस्थापन गर्नु उत्तम हुनेछ । बाढी र पहिरोले हरेक बर्ष जोखिम निम्त्याउने गरेको छ । वर्षातको समय पहाडी क्षेत्रमा पहिरो र बाढीले क्षति पुर्याउँदै आएको छ । तराईमा डुबानको समस्या निम्तन सक्ने खतरा छ । तराईमा हुन सक्ने डुबानको समस्या हल गर्न अहिले नै पूर्व तयारी गर्नु पर्छ । यसका लागि सतर्कताका साथै आवश्यक सामग्री र जनशक्तिको जोहो समयमै गर्नु जरुरी हुन्छ ।