राष्ट्रिय मुद्दामा दलहरू मिलेर जानु पर्छ

डा. डीआर उपाध्याय


अहिले मुलुकको राजनीतिक अवस्था जटिल छ । दलहरु एक आपसमा मिल्न सकेका छैनन् । नेपाली जनताको चाहना भनेको दलहरु मिलेर देशको बिकास गरे हुन्थ्यो भन्ने हो । तर दलहरु मिलेर जाने कुरामा त्यति ध्यान दिन सकेका छैनन् । दल र तिनका नेताहरुमा व्यक्तिगत स्वार्थ छ । उनीहरुले व्यक्तिगत स्वार्थलाई त्याग्नु पर्छ । अनि मात्र देशको भाग्य र भविश्य निर्माण हुन सक्छ । अहिले राजनीतिक दलहरु जुन किसिमले धु्रविकरण भएका छन यसले मुलुकलाई अघि बढाउन सक्दैन । देश विकासका लागी दलहरु साझा एजेन्डा लिएर अघि बढदा मात्र राम्रो हुन्छ । राष्ट्रिय हितका लागी सवै मिलेर जानु पर्छ । राष्ट्रियता बचाउने सवालमा कुनै पनि किसिमका सम्झौता हुनु हुँदैन । नेताहरु व्यक्तिगत स्वार्थ त्यागेर देश र जनताको पक्षमा लाग्नु पर्छ । नेताहरु स्वार्थी भए । जसले गर्दा देशको भबिश्य पछाडी धकेल्लियो ।

देश बनाउन ढृढ इच्छाशक्ति चाहिन्छ । नेताहरुमा ढृढ इच्छा शक्ति भएको देखिएन । मुलुकको भाग्य र भविश्य निर्माणका लागी सवै पक्ष एक हुनु पर्ने आवश्यकता देखिएको छ । धेरै पहिले देखि सत्तारुढ दल नेकपा एमाले भित्र आन्तरिक खिचलो देखिएको छ । समान्तरण पार्टी कमिटी तल्लो तह सम्म गठन भएका छन । यसले नेकपा एमालेलाई अन्ततः कमजोर बनाएको छ । राष्ट्रिय हितको पक्षमा काम गर्नु पर्ने बेलामा नेताहरु फुटनु भनेको जनमतको अपमान हो । नेपाली जनता यी दलहरुको बिश्वास र भरोसामा छन । तर दलहरुले जनतालाई बिश्वास घात गदै आएका छन चुनावमा बोलेका बाचाहरु अझै सम्म कुनै दल र तिनका नेताहरुले पुरा गरेका छैनन् । यस्तो भए पछि जनतामा निराशा आउँदैन ? यद्यपि, पछिल्लो समय राजनीतिक दलबीच देखिएको खिचातानीले गम्भिर प्रश्न उठाएको छ । यदि राष्ट्रिय स्वार्थको विषय छ भने त्यसमा धक्का लाग्नु हुदैन ।

लामो समय सम्म बहसको बिषय बनेको एमसीसीमा सम्झौता गर्ने नगर्ने विषयले अझै पनि चर्चा पाएको छ । एमसीसीमा सम्झौता गर्नु हुदैन भन्ने पक्ष पनि धेरै नै छन । यो सम्झौता राष्ट्रिय हित बिपरित छ भन्नेहरु पनि छन । यो बिषयले विगतमा लामै बहस सिर्जना गर्यो । अहिले पनि सबै एकमत भएको देखिँदैन । यो विषय संसदमा लामै समयदेखि विचाराधीन छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही विषयबारे छलफल गर्न शनिबार बालुवाटारमा सर्वदलीय बैठक बोलाउनु भएको थियो । संसदमा प्रतिनिधित्व गरेका दलहरू उक्त सर्वदलीय बैठकमा सहभागी भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयदेखि विचाराधीन एमसीसी सम्झौतालाई पास गर्न सकारात्मक भूमिका निर्वाह गर्न दलहरुलाई आह्वान गरेको कुरा बाहिर आएको छ । केहि समय अघि राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा राजनीतिक जटिलता गहिरिँदै जाँदा सबै राजनीतिक दलहरुलाई सर्वदलीय बैठक डाकेर सहमतीय प्रणालीमा आउन जोड दिनु भएको थियो । उक्त बैठकले राजनीतिक दलबीचको तिक्तताको वातावरण सहज हुने अपेक्षा गरिएको थियो तर महिना दिन बित्दा पनि त्यसो हुन सकेको छैन ।

मुलुकको अभिभावकका हिसाबले सबैलाई सहमतिमा ल्याएर राष्ट्रिय एजेन्डामा एक भई अघि बढ्नु भनेर पहल गर्नु पक्कै सकारात्मक कदम हो । राष्ट्रिय मुद्दामा दलहरू मिलेर जानु पर्छ । त्यसमा नागरिकको पनि साथ हुन्छ । मुलुकमा राजनीतिक अस्थिरता निम्तिने गतिविधि हुनु हुदैन । त्यसले मुलुकलाई पछाडि धकेल्छ । मुलुकको समग्र विकासमा सवै एकजुट भएर जानु पर्छ भन्ने मेरो मान्यता हो । तर अहिले त्यसो हुन सकिरहेको छैन। दलबीचको स्वार्थ, अहं र महत्त्वाकांक्षाले विकासको गतिलाई पछाडि धकेलिरहेको देखिन्छ । प्रमुख दलका नेता मुलुकको विकासमा एकमत हुन नसक्नु दुखद कुरा हो ।

Bottom of Form