दलहरू आन्तरिक कलहमा अल्झिदा देश सङ्कटमा

डा. डीआर उपाध्याय


प्रतिनिधिसभा विघटन पछि उत्पन्न राजनीतिक संकट गहिरिदो छ । अहिले दलहरु आआफ्ना शक्ति प्रदर्शनमा लागीरहेका छन् । यो विघटनलाई राजनीतिक दुर्घटना मानिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनमा टुट्ने, फुट्ने र फेरि जुट्ने कुनै नौलो कुरा होइन । लेन देनको कुरा मिले नेकपा फेरि मिल्न सक्छ । निर्वाचन आयोगको निर्णयले भने कानुनी रूपमा नेकपा दल एउटै रहेको बताएको छ ।

पछिल्लो समय नेकपाका दुई खेमा बीच एक अर्का माथि गालीगलौज चलेको छ । यस्तो संस्कार र शैलीले राम्रो पाठ सिकाउँदैन । एउटा उच्च शीर्षस्थ नेताले अरू नेताहरूमाथि अराजक अश्लील शब्द प्रयोग गर्नु राम्रो कुरा होइन । विगतमा पनि यस्तै राजनीतिक किचलो भई शत्रुतापूर्ण अवस्थामा पुगेका राजनीतिक दलबीच पुनः कार्यगत एकता र एकीकरण भएका उदाहरण थुप्रै छन । अहिले नेकपाका दुवै समूहलाई पार्टीको झन्डा चुनाव चिह्न र पार्टीको नाम त्यही चाहिएको छ । झगडाको राजनीतिले मुलुक पछाडि परेको छ । नेकपाका दुवै खेमा मिलेर जादा मुलुकको हितमा हुन्छ । मुलुकको हितका लागी नेकपा मिल्नु पर्छ । नेकपा नमिले सम्म देशमा संकट समाधान नहुने संकेत देखियो ।

अहिले आत्मनिर्भरता, विकास र समृद्धिका कुरा ओझेलमा परेका छन । रोजगारीका अवसर गुमेका छन । समाजवाद उन्मुख अर्थतन्त्र संकटमा छ । त्यसका आधारशिला खडा गर्ने काममा चुनौती देखिएको छ । कोरना भाइरसको माहामारीले बितेको वर्ष मानवजातिलाई त्रासमा जिउन बाध्य बनायो । अहिले कोभिड–१९ विरुद्ध खोप प्रयोगमा आएको कुराले केही सन्तोष मिलेको जस्तो देखिन्छ । तर यसले भाइरसलाई पूर्ण रूपमा निस्तेज र निष्कृय बनाउँछ भन्ने कुरामा अझै विश्वस्त हुन सक्ने अवस्था भने छैन । लोकतन्त्र प्राप्तिपछि जनताका अपेक्षाहरु पुरा भएका छैनन । जनता असन्तुष्टि छन । देशमा सिर्जनात्मकभन्दा ध्वंशात्मक प्रवृत्ति हावी हुदै गएको छ । यसले देशलाई गलत बाटो तर्फ लाने हो की भन्र्ने चिन्ता बढाएको छ । अव यस कुरामा सबैले ध्यान दिनु पर्ने जरुरी देखिएको छ । यदि समयमा नै उत्पन्न समस्या समाधान गर्न सकिएन भने देशको भविश्य अन्धकारमा फस्ने निश्चित छ ।

देशको गतिशीलतालाई रोक्ने पवृति हावी हुदै छ । अव उत्पन्न यावत समस्याहरु समाधान नभएमा यसले ठूलो विकृति, विखण्डन र सामाजिक सद्भावमा विग्रह ल्याउने सम्भावना देखिन्छ । अव दलहरूले आफ्नो दलभित्रको अन्तरविरोध वा द्वन्द्वलाई कुशलतापूर्वक व्यवस्थापन गर्न सक्नु पर्छ । राजनीतिक नेतृत्व निजी गुटगत वा निश्चित समुहको हितमा लाग्दा देशको भविश्य बर्बाद हुदैछ । यस अवस्थाले मुलुक प्रतिगमनतिर जाने खतरा आउन सक्छ । यस्तो अवस्थामा सबै दलहरु जिम्मेवार हुनु पर्छ । अव नेकपाका दुवै खेमाका नेताहरु देश र जनताको हितमा सशक्त भूमिका खेल्नुपर्ने आबश्यकता देखिएको छ । प्रतिपक्ष नेपाली कांग्रेसत पनि गम्भिर हुनु पर्ने देखिएको छ । दलहरू आन्तरिक कलहमा अल्झिदा देश संकटमा परेको हो ।