सच्चा राष्ट्रवादी नेताको खाँचो

-डा. डी. आर. उपाध्याय


हम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाह्रो छ । खोक्रो राष्ट्रवादले केही गदैन । नेपाली जनता धेरै सचेत छन् । जनतालाई भ्रम छर्ने नेताको भविश्य अव छैन । अव नेपालमा जनताको काम गर्ने नेताको खाँचो छ । भाषणको पनि अव काम छैन । चर्को भाषण सुन्दा सुन्दै जनता वाक्क दिक्क छन् । जनताले नयाँ सोच र चिन्तन बोकेका नेता खोजेका छन् । ती नेता जनताले अझै पाउन सकिरहेका छैनन् । देशमा खोक्रो राष्ट्रवादी नेता मात्र छन् । कुनैपनि मुलुकका लागि सच्चा राष्ट्रवादी नेताको खाँचो हुन्छ । त्यो नेपालमा पाउन गाह्रो छ । नक्कली राष्ट्रवादीको कुरा गरेर साध्य छैन । कैयौं ऐतिहासिक घटनाक्रमबाट पनि त्यही कुरा पुष्टि हुँदै आएको छ ।

नेपालमा ‘अन्धराष्ट्रवादी’ छन् । नेपालमा राजनीतिक दलहरू इमान्दार भएनन् । नेताहरु पैसामा बिके l समस्या यो हो । चीन कम्युनिष्ट शासन पद्दति अपनाइरहेको मुलुक हो । त्यहाँ एकदलीय शासन प्रणाली छ । उत्तर कोरिया, क्युवा लगायतका केही मुलुक कम्युनिष्ट मुलुक हुन् । नेपालमा कम्युनिष्ट पार्टीले बेलाबेलामा सरकारको नेतृत्व गर्दै आएको छ तर नेपाली कम्युनिष्टहरू बहुदलीय लोकतान्त्रिक राजनीतिक प्रणालीको अभ्यास गरिरहेका छन् । अन्धराष्ट्रवादले राष्ट्रको प्रतिष्ठा, सामर्थ्य र पहिचानलाई कमजोर बनाउँछ । त्यस्ता चिन्तनहरूले एकातिर मुलुकमा राजनीतिक विवाद निम्त्याउँछन् भने अर्कातिर राष्ट्रिय एकताको भावनालाई कमजोर तुल्याई राष्ट्रियतामाथि नकारात्मक असर पारिरहेका हुन्छन् । अन्धराष्ट्रवादले राष्ट्रियतालाई संकुचित बनाउँछ । अरूलाई गन्दै नगन्ने, सबै आफ्नो मात्र ठिक भन्ने प्रवृत्ति अन्धराष्ट्रवादी चिन्तनमा रहन्छ । यस्तो चिन्तनधारी नेतृत्वबाट देशको भलो हुदैन ।

सबैलाई आफ्नै देश, आफ्नै राष्ट्रियता प्यारो लाग्छ । विशेषगरी लोकतान्त्रिक शासन व्यवस्था नभएका मुलुकमा राष्ट्रियस्तरमा अन्धराष्ट्रवादले बढी प्रश्रय पाएको देखिन्छ । अन्धराष्ट्रवादका कारण देशमा विदेशी हस्तक्षेप बढ्दै गएको छ । अन्धराष्ट्रवादी चिन्तनले मुलुकको हित गदैन । नेताहरु अझै अन्धराष्ट्रवादी चिन्तनमा छन् । देशले कुनैपनि निरंकुश राज्य व्यवस्था चाहँदैन । कसैले त्यो सोचेको छ भने त्यो दिवा सपना मात्र हो । देशको सार्वभौमसत्ता जनताको हातमा हुनु पर्छ । यो लोकतान्त्रिक व्यवस्थामा आम जनताले बोल्न, लेख्न वा चित्त नबुझेको कुरा आलोचना गर्न पाउनु पर्छ ।

बहुदलीय लोकतान्त्रिक व्यवस्था भनेको सुन्दर पक्ष हो । जनताले कुनैपनि निरंकुश व्यवस्थाको समर्थन गदैनन् । निरंकुश व्यवस्था लाद्न कसैले नसोचे हुन्छ । त्यो नेपालमा टिक्दैन । अन्धराष्ट्रवादले मुलुक संकटमा छ । राष्ट्रिय एकताको भावनालाई बलियो बनाउनु पर्छ । नेपाली राष्ट्रियता कमजोर भए नेपाली कमजोर हुन्छन् । अन्धराष्ट्रवादले राष्ट्रको प्रतिष्ठा, सामर्थ्य र पहिचानलाई कमजोर बनाउँछ । वर्तमान नेपालको राजनीतिक सन्दर्भमा पनि बेलाबखत अन्धराष्ट्रवादी, संकीर्णतावादी वा क्षेत्रयतावादी चिन्तन र सोचहरू प्रकट भइरहेका देखिन्छन् । त्यस्ता चिन्तनहरूले मुलुकमा राजनीतिक विवाद निम्त्याउँछन् । राष्ट्रिय एकताको भावनालाई कमजोर हुन दिनु हुँदैन । यसतर्फ विशेषगरी राजनीतिक दल र तिनका नेताहरुले बढी सजगता अपनाउनु पर्ने देखिन्छ ।